मध्यरातमा करणको घरबाट किन बाहिरिइन् करिना ?

बलिउड अभिनेत्री करीना कपुर एक सर्वाधिक चर्चित नायिका हुन् । उनले रिफ्युज़ीबाट वेस्ट डेब्यु फिल्मकी नायिकाबाट अवाड जितेकी थिइन् ।नयाँ फिल्म र फोटोशुटका कारण चर्चामा आइरहने करिना दोस्रो पटक आमा बनेकी छिन् ।

सन्तानलाई जन्म दिएपछि पनि उनी आफ्नो काममा फर्किएको भनेर चौतर्फी चर्चा भएको थियो ।आफ्नो पहिरन र कामको कारणले उनले चर्चा भइरहन्छ । कहिले उनले लगाएको लुगा देखि लिएर उनले सेफको सन्तानलाई गरेको मायाले पनि बलिउडमा उनको राम्रै छाप छ ।

हुन त उनी कपुर खानदानबाट आएकोले पनि उनको क्रेज हुने नै भयो, ती माथि नवाब परिवारको बुहारी नि परिन् ।दोस्रो सन्तानलाई जन्म दिएकी करिना शनिवार राती करण जोहरको घरबाट बाहिरिँदै गरेको देखिइन् ।

भारतीय मिडियामा उनको फोटो सार्वजनिक भएपछि उनका फ्यानहरू निराश बनेका छन् । सुत्केरी भएको बेलामा त काम भन्दा बच्चालाई बढी समय दिनुपर्ने उनीहरूको बुझाइ छ ।करिनाका केही तस्बिरहरू हेरौँ …