प्रचण्डको ला’जमर्दो राजनीति: कमल थापा

काठमाडौँ: राप्रपाका अध्यक्ष कमल थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ‘ला’जमर्दो राजनीति’ भन्दै प्रतिटिप्पणी गरेका छन् ।प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई ग’म्भीर आरोप लगाउँदै सरकारलाई दिएको समर्थन पनि कायमै राखेकोमा नेता थापाले टिप्पणी गरेका हुन् ।

प्रचण्डले आइतबार प्रधानमन्त्री ओलीलाई विदेशीबाट पालित पो’षित भन्दै आरोप लगाएकोमा नेता थापाले प्रतिटिप्पणी गरेका हुन् । थापाले सोमबार सामाजिक सञ्‍जालमार्फत् २ पटक प्रधानमन्त्री भइसकेका दाहालले केही दिन अघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र प्रधानमन्त्रीलाई आरोप लगाएको सुन्दा आश्चर्य लागेको बताए ।

‘२ पटक प्रधानमन्त्री भइसकेका प्रचण्डजीले केही दिन अघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र देशको प्रधानमन्त्री केपी शर्मा ओली लाई वर्षौंदेखि विदेशीबाट पालित पोषित एजेन्ट भनी आरोप लगाएको सुन्दा आश्चर्य लागेको छ। यस्तो ग’म्भीर आरोप लगाउने, तर सरकारलाई दिएको समर्थन कायम राख्ने ! ला’जमर्दो राजनीति’ थापाले ट्वीटरमा लेखेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले भने आइतबार एक कार्यक्रममा ‘केपी शर्मा ओलीलाई २०/२५ वर्षदेखि विदेशीले हु’र्काएको र पा’लित-पोषित गरेको’ टिप्पणी गरेका थिए ।’संविधान पनि सि’ध्याउन सक्ने केपी ओली नै रहेछन् । गणतन्त्र सि’ध्याउन सक्ने, सबै उ’त्पीडित वर्ग, जाति, क्षेत्र, लिं’ग र स’मुदायलाई उनीहरूका हक अधिकारलाई सि’ध्याउन सक्ने, पहाडीया उच्चजातीय अ’हंका’रवादको प्रतिनिधि र विदेशीका अगाडि राम्रै ल’म्पसार पर्न पनि सजिलै सक्ने, २०/२५ वर्षदेखि विदेशीहरूले हु’र्काएको, पा’लित पो’षित को हो हेर्दै जाँदा केपी नै देखियो’ दाहालले भनेका थिए ।

नेकपा नाममाथि परेको मु’द्दामा सर्वोच्च अदालतले फागुन २३ गते गरेको फै’सलासँगै पुरानै एमाले र माओवादी केन्द्र फेरि अ’स्तित्वमा आएका छन् । तर पनि तत्कालिन माओवादी केन्द्रका नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी, दावा लामा र लेखराज भट्ट मन्त्री नै छन् । र उनीहरु माओवादीमा नफर्किने घोष’णा गरिसकेका छन् । यसर्थ माओवादी केन्द्रले ती मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरे पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।