पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः रिठ्ठेपानी डाँडा र ६ सय रुख का’टिने

निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण गर्ने जहाजको सुरक्षाका लागि रिठ्ठेपानीको डाँडामा रहेका रुख का’ट्न मन्त्रीपरिषद् बैठकले अनुमति दिएको छ । अनुमतिसँगै पोखरा महानगरपालिका–२६ रिठ्ठेपानीका ६ सयवटा रुख का’ट्नका लागि बाटो खुलेको छ ।

रुखसँगै रिठ्ठेपानीको डाँडा पनि क’टान हुनेछ । विमानस्थलका उपप्रबन्धक इन्जिनियर कृष्णप्रसाद पौडेलका अनुसार रिठ्ठेपानी डाँडाको सबैभन्दा अग्लो ठाउँबाट ४० मिटर तलसम्म क’टान गर्नुपर्ने हुन्छ । डाँडा कटान गर्दा बल्ल जहाजको उडान र अवतरणमा सहज हुने उनले बताए ।

यो डाँडा विमानस्थलको पूर्वि भेगमा पर्छ । ‘डाँडा का’टेपछि सु’रक्षाको हिसाबले उडान र अवतरणमा सहज हुनेछ । अनिवार्य रुपमा डाँडा का’ट्नुपर्ने हुन्छ,’ पौडेलले भने, ‘विमानस्थलसम्मको आकाशको पहुँच क्लियर बनाउन मात्र खोजिएको छ ।’२०२१ जुलाई १० सम्म विमानस्थल निर्माण सक्नुपर्ने समय तोकिएको छ ।

तर प्राविधिक रुपमा अझै केही काम बाँकी रहेकोले २०२२ सम्म उडान सुरु हुने अपेक्षा पोखरेलीको छ । अहिलेसम्म विमानस्थल निर्माणको ७२ प्रतिशत काम पुरा भईसकेको छ । विमानस्थलको भौतिक पूर्वाधार ठ’ड्याउने सबै काम सकिएका छन् । आन्तरिक सजावटका काम बाँकी छन् ।

त्यसबाहेक उपकरण जडानको काम बाँकी छ । रनवेमा मार्किङको काम पनि भईरहेको पौडेलले बताए । जिल्ला वन कार्यालय कास्कीका वन अधिकृत केदार बरालका अनुसार डाँडामा रहेका ६ सय रुख क’टान हुनेछन् । ती मध्ये ८४ वटा ठुला रुख छन् ।बाँकी ५१६ भने ३० सेन्टिमिटरसम्म गोलाई भएका साना आकारका रुख रहेका छन् ।

वन कार्यालयका अनुसार रिठ्ठेपानीको करिब ५ हेक्टर जमिन क’टान हुने अनुमान छ । तर, नापी कार्यालयले क’टान गर्नुपर्ने यकिन क्षेत्रफल भने तोकेको छैन ।पोखरा क्षेत्रीय विमानस्थलको पूर्वीभेगमा रहेको रिठ्ठेपानीको डाँडा (गोलाकारभित्र) । विमानस्थलमा उडान र अवतरण गर्न ४० मिटर उचाईसम्म डाँडा सहित त्यहाँका ६ सय रुख क’टान गर्नुपर्ने हुन्छ ।

वन अधिकृत बरालका अनुसार मन्त्रीपरिषद्ले रुख का’ट्न अनुमति दिएपछि पनि त्यो निर्णय वन मन्त्रालयमा आउँछ । मन्त्रालयले वन विभागमा प्रस्ताव पठाउँछ । विभागले विमानस्थल आयोजना जिम्मेवार निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग सम्झौता गर्छ ।

त्यही सम्झौता अनुसार रुख का’ट्ने सहमति हुन्छ । तर, एउटा रुख काटेबापत २५ वटा नयाँ विरुवा रोपेर पाँचवर्षको रेखदेख पनि क्यानले गर्नुपर्छ । रिठ्ठेपानीको डाँडामा कतिपय सार्वजनिक त केही निजी जग्गा पनि रहेकोले निजी जग्गाको मुआब्जा दिनुपर्ने हुन्छ भने वन मातहतको जग्गाको पनि सट्टाभर्ना गर्नुपर्छ ।

रिठ्ठेपानीको जग्गा उपयोग गरेबापत प्राधिकरणले त्यत्ति नै जग्गा अन्यत्र किनेर वनलाई लालपूर्जा दिनुपर्ने हुन्छ भने निजी जग्गाको मुआब्जा दिनुपर्ने कानुनी प्रा’वधान रहेको बरालले बताए । रिठ्ठेपानीको सटमा दिइने जग्गामा एक बोट बराबर २५ वटाका दरले विरुवा रोपेर हु’र्काएर हस्तान्तरण गर्नुपर्ने हुन्छ ।

तर अहिले कति जग्गा व्यक्तिको छ र कति वनको मातहतमा छ भन्ने यकिन भईनसकेको बरालले बताए । ‘वन कार्यालयको नाममा लालपूर्जा पनि दिन सक्छ । जग्गा अन्यत्र नपाएको खण्डमा जग्गाको मुल्य बराबरको रकम पनि वन कार्यालयलाई दिन सक्छ,’ उनले भने, ‘तर निजीको हकमा भने उपयुक्त मुआब्जा दिएर चित्त बुझाउने दायित्व प्राधिकरणको हुन्छ ।’

कास्कीका सहायक वन अधिकृत रामबहादुर विकका अनुसार रिठ्ठेपानीमा २ वटा डाँडा का’ट्नुपर्ने हुन्छ । ती डाँडामा साल, चिलाउने, कटुस लगायतका रुख छन् । विकका अनुसार सामान्यतया सरकारी निकायले सार्वजनिक जग्गा उपभोग गर्दा भोगाधिकार दिने प्रचलन रहेको छ ।

त्यही अनुसार वनको जग्गा प्राधिकरणले भोगाधिकार पनि पाउन सक्ने उनले बताए । ‘विमानस्थलमा जहाज उडान र अवतरणको अवरोधको रुपमा हामीले डाँडालार्ई बुझेका छौं,’ विकले भने । विकका अनुसार डाँडाको जग्गा स्थानीयले लामो समयदेखि उपयोग गरिरहेपनि उनीहरुको लालपूर्जा भए नभएको भने अझै यकिन भईसकेको छैन ।