४० वटा हात्ती लिएर गैँडा गन्‍न पुगे वनमन्त्री आले

काठमाडौं, ९ चैत । वनमन्त्री प्रेम आले एक सिंगे गैंडा गणनाका लागि चितवन राष्ट्रिय निकुञ्ज पुग्नु भएको छ । सोमबारबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागगले दुर्लभ वन्यजन्तु एक सिंगे गैँडा गणना गर्ने कार्य शुभारम्भ गरेको छ ।

साेही कार्यकाे शुभारम्भका लागि मन्त्री आले हात्तीको बथानसँगै हात्तीमा सवार भइ चितवन राष्ट्रिय निकुञ्ज पुग्नु भएको हो । उहाँसँगै ४० मुख्य गणक र अन्य बैकल्पिक २० गणकका साथै ४० वटा हात्ती पनि चितवन राष्ट्रिय निकुञ्जमा पुगेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा गणना कार्य सकिएपछि चैत १७ गतेबाट बर्दिया राष्ट्रिय निकुञ्जमा एक सिंगे गैडाको थालिने बन्यजन्तु संरक्षण विभागले जनाएको छ । त्यसपश्चाल चैत १९ गतेबाट शुक्लाफाँटमा गणना शुरु गर्ने विभागले जनाएको छ ।

आजको गणना भने चितवन राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट आरम्भ गरिएको विभागले जनाएको छ ।

प्राविधिकहरुको टोलीसहित बन्दोबस्तीका साथ गणना थालिएको हो । पहिलो चरणको यो गणनामा चितवन र पर्साका विभिन्न स्थानलाई एकै ब्लक बनाएर एकसिंगे गैडाको गणना गरिने राष्ट्रिय निकुञ्ज विभागले जनाएको छ ।