माओवादीले बो’लायो स्थायी क’मिटी बैठक, सरकारको समर्थन फिर्ता लिने तयारी

काठमाडौं- आफ्नो पार्टीबाट अलग भएका नेताहरुलाई का’रवाही, सरकारलाई दिइरहेको समर्थन फिर्ता लगायत विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रले मंगलबार आफ्नो पार्टीको स्थायी कमिटी बैठक बोलाएको छ। बैठक बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

माओवादी केन्द्रको बैठकले यसअघि नै स्थायी क’मिटीलाई सरकारको समर्थन फिर्ता लिने, नेताहरुलाई कारवाही गर्नेलगायत अ’धिकार दिइसकेको छ। माओवादी सरकारको समर्थन फि’र्ता लिने विषयमा जसपाको निर्णयको प्र’तिपक्षमा थियो। तर अब जसपालाई प्र’तिक्षा नगर्ने निष्कर्षमा माओवादी पुगेको बुझिएको छ।

माओवादी स्थायी कमिटीका एक सदस्यले सम्भवतः मंगलबार सरकारलाई दि’इरहेको समर्थन फिर्ता लिने निर्णय गर्ने बताए। बैठकमा पार्टी सां’गठनिक र वर्तमान राजनीति परिस्थितिबारे छलफल हुनेछ ।एमाले अध्यक्ष केपी शर्मा ओली सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लिएको छैन ।

माओवादीले स’मर्थन फिर्ता नलिएरै ओलीको वि’कल्प दिन काँग्रेस र जनता समाजवादी पार्टीसँग सं’वादमा अगाडि बढाएको थियो । काँग्रेस र जसपाले मा’ओवादीलाई स’मर्थन फिर्ता न’गरेकाले राजनीतिक नि’कासको ढो’का न’खुलेको बताउँदै आएका छन् ।