२ लाख घुस लिएर बा’र्गेनि’ङ गरिरहेको अवस्थामा पक्राउ परेका फार्मेसी अधिकृत विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

धरान : औ’ष’धी व्यवस्था विभाग शाखा कार्यालय विराटनगरका सातौँ तहका फा’र्मेसी अधिकृत सरोज वि’रु’द्ध उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बि’गो २ लाख कायम गरी भ्रष्टाचार गरेको सम्बन्धी आ’रोप-पत्र दायर गरेको छ ।

अधिकृत सुवेदीले सेवाग्राही बि’रुद्धको मु’द्दाको सिलसिलामा जिल्ला सरकारी वकिल कार्यालय तेह्रथुमबाट माग भएको राय पठाई सि’ल भएको फा’र्मेसी पसल खोलिदिने प्रयोजनका लागि से’वाग्राहीसँग उनले २ लाख लिएको अख्तियार आयोगले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सूचना अधिकारी तारानाथ दाहालले उनलाई आज विशेष अदालतमा सुवेदी वि’रुद्ध भ्रष्टाचार मु’द्दा दर्ता भएको जानकारी दिए ।भ्रष्टाचार नि’वारण ऐ’न, २०५९ बमोजिम उनीहरूलाई का’रबाही गर्न माग गदै विशेष अदालतमा मु’द्दा दायर गरेको हो ।

गत फागुन १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा फा’र्मेसी अधिकृत सुवेदीलाई विराटनगरबाट पक्राउ परेका थिए ।औ’ष’धि व्यवस्था विभाग विराटनगर शाखामा कार्यरत फा’र्मेसी अधिकृत सरोज घिमिरेलाई घुस लिएको २ लाख रुपैयाँ नगदसहित बिहीबार नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

प्रशासनले सि’ल गरेको एक फा’र्मेसी पसल मु’द्दा मिलाएर खोलिदिने भन्दै उनले सेवाग्राहीसँग घुस लिएको बताइएको छ ।२ लाख रुपैयाँ घुस लिइसकेपछि थप रकमको समेत बा’र्गेनि’ङ गरिरहेको अवस्थामा घिमिरेलाई विराटनगर महानगरपालिका-३ स्थित भट्टराई होटेल अगाडिबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।