झन झाँगियो ज्योतिषी हरिहर अधिकारी र नायिका निता ढुंगानाको प्रेम, बाहिरियो यस्तो भिडियो-

काठमाडौँ । युवा ज्योतिषी हरिहर अधिकारीको आफ्नो छुट्टै छवी र शान छ । कान्तितपुर टिभीमा लामो समय ज्याृतिषीसँग सम्बन्धित कार्यक्रम चलाएर लोकप्रियता कमाएका हरिहर पछिल्ला दिनमा प्रेमीका निता ढुंगानाको प्रेममा परेका कारण चर्चामा आएका छन् ।

अभिनेता एवं ज्योतिष हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाबीचको प्रेम लुकेको चीज रहेन अब ।यो जोडीले अब व्यवसायिक सहकार्य पनि गर्दैछ ।अभिनेता तथा ज्योतिष अधिकारीले टेलिभिजनमा नयाँ कार्यक्रम ‘द हरिहर अधिकारी सो’ लिएर आउने कुराले झनै उत्साहित छन् ।

केही समय अघि टेलिभिजनमा मार्गदर्शन कार्यक्रम चलाएका अधिकारीले सो कार्यक्रम बन्द भए पस्चात कुनै पनि कार्यक्रम चलाएका थिएन् ।नेपाली सेलिब्रेटीहरुको वर्तमान र भविष्यको चर्चा गर्न उनले उक्त सो संचालनमा ल्याउन लागेको बताइन्छ । जुन कार्यक्रमलाई अभिनेत्री निता ढुंगानाले निर्देशन गर्ने स्रोत बताउँछ ।

उनको निर्देशनमा यो शोको केही भागको छायांकन भइसकेको बताइन्छ ।जसमा रेखा थापा, कोमल ओली र निता स्वयं अतिथिको रूपमा उपस्थित भएका छन् । केही वर्ष यता हरिहर अधिकारीको प्रेममा रहेकी निता हरिहरकै कारण धर्म कर्ममा लागेकी सुन्दरी हुन् । यो जोडी प्रेममा रहेको चर्चा ब्यापक रुपमा चलेता पनि निता र हरिहरले अहिलेसम्म आँफैले भने स्विकारेका छैनन् ।भिडियो