टुप्पाबाट पलाएका अस्ट्रेलीयन नेपालीहरु

मनोज पौड्याल, तपाईले अस्ट्रेलीयाका बाटामा वा कतै नेपालीहरु भेट्नु भयो भने सबै त नभनौ केहीले भने पक्कै मुन्टो बटारेर हिड्छन्। नदेखेको जसरी हिड्छन्।यसो घर बस्दा बस्दा दिक्क लाग्छ, चिनीपो हाल्छन् कि बोलीपो हाल्छन् कि भन्दै नेपालीको पहिचान ढाका टोपी लगाएर हिड्छु।

बुवा के छ खबर भनेर बोली पो हाल्छन् कि भन्दै।अहँ टेड पुच्छर लाउँदैनन्। थाहा छ नेपाली हुन।नेपालीको लवाई खवाईबाटै चिन्छु नि नेपाली हुन् भनेर। नेपालीमै बोलेको मेरा कानले सुनेको छ।तर अहँ बोल्दैनन्।म कसरी जाउ, के छ नानी भन्दै।टोल्याएर हेर्छु पर सम्म। नारीएर जान्छन् हातमा हात समाउँदै सायद जोईपोई हुनुपर्छ तर बोल्दैनन्।

सायद के के न भाको होला अस्ट्रेलीया आएर टुप्पाबाट पलाका जस्ता। कतै लाज जान्छ यो बुढोसँग बोल्दा भनेर पो हो कि। यो भनाई एकजना बाको हो। जो केही महिना अगाडी मात्र पारिबारीक भ्रमणको शिलशिलामा अस्ट्रेलीया घुम्न आउनु भएको थियो। अस्ती एकजना दाईकोमा गएको यसो गाउँको खवर के रहेछ भनेर बुझ्नलाई।

भर्खर नेपालबाट आमालाई आउनु भएको रहेछ। नातिनी हेर्नलाई। नातीनि त्यस्तै ४ बर्षकि हुँदी हो।नेपाली ठिकै मात्र बोल्न जानेकी। किनकी जन्मे पछि लगभग सवाएक बर्ष हुजुरआमासँग नेपालनै बसेकी रहिछीन्। पछि पिआर मिले पछी एतै बोलाएछन्। यसो घुम्न नि हुन्छ नातीनीलाई रेखदेखपनि हुन्छ भनेर आमालाई झिकाएछन्।

घरकि बुहारी नातीनीसँग बातै पिच्छे टुट्याफुट्या अङ्ग्रेजीमात्र बोल्छिन्। नो र यस, दिस् र दयाटमात्र भन्छिन्। बिचरा आमालाई त्यो नखरा देखेर हैरान लागि सकेछ। कमसेकम घरमा त आफ्नो भाषा बोल। त्यहि अलि अलि मैले सिकाएको पनि बिर्साई दिने भए। अङ्ग्रेजी बोल्न त यहाँका बच्चालाई सिकाउनै पर्दैन नि।

आफ्नो मात्रृ भाषा सिकाउनु पर्छ भन्दा कहाँ आमा अब यहाँका बच्चालाई त खालि अङ्ग्रेजी मात्र बोल्न लगाउने हो। अनि बिचरा आमा कोसँग बोलुन,कोसँग जिस्किउन। हाँस्दै भनिन् टुप्पाबाट पलाएकाहरु। सँगै पढेको साथी, एकदम मिलनसार। खेल्ने जिस्कने अनि दुख र सु:खसँगै बिताएको साथी चार बर्ष अगाडी आयो।

मेरो ईलम राम्रै थियो।मैले अस्ट्रेलीया जाने खासै मनसाय गरिन। उसले पढाई सक्ने बित्तिकै कागजात बनायो अनि हतारोमा आयो। मेरो पनि पछि दिमागमा ह्या बरु बिदेशनै हानिन्छु। जति गरेनी यहाँ केही उपलब्धी छैन भनेर उहि साथीसँग रायसल्लाह लिएर आएँ ।ठुलै गफ र फुटानी लाएको थियो।तँ आईज न मात्रै।

बाँकी सब म हेरी हाल्छु नि।कामको तँ चिन्तै नलिन। म पनि हो त नि त्यस्तो मिल्ने साथी,सहयोग त गरिहाल्छ नि भन्दै त्यहि अपेक्षा लिएर आएँ। एयरपोर्ट लिन सम्म चाँही आयो अनि एकठाउँ दाईको घरमा लगेर राखि दियो। के गर्ने कता जाने नयाँ ठाउँ नयाँ परिवेश।

होला त नि काममा ब्यस्त भएर होला भनेर एकदिन दुई दिन त कुरे। तर साथीले न फोन गर्छ न भेट्ननै आउँछ। भरे बुझ्दा त साथी खै कोसँग लिभीङ टुगेदरमा बस्ने रहेछ। अब काम नपाईन्जल आफैले पाल्न पर्छ भनेर टिमर्केको पो रहेछ। मनमनै सोचे थुईक्क साथी।

मपनि त्यस्तो कमजोरी र लाटो कहाँ पो छु र। के म बोल्नै नजान्ने अनि अङ्ग्रेजीको ए बि सि पनि नजानेको पो सोचिस् है। साले अस्ति सम्म मसँग पैसा सापट लिएर मोटरसाईकलमा तेल हाल्थीस्।अहिले तेरो त्यस्तो स्वाङ। मुला टुप्पाबाट पो पलाईस छस् है। कतिन्जेललाई हो तेरो चुरीफुरी बिस्तारै थाहा पाउँछस्।

साधारण परिवारकी एकजना दिदी अस्ट्रेलीया आईन्। यता खैरेलाई दायाँ बायाँ पट्याएर बिवाह गरिन्। अनि खैरेको तर्फबाट पिआर हालीन् आएको छोटो समयमा।नेपालमा भने खान बस्न हम्मे हम्मे परेकी दिदीलाई एकैचोटी जिन्दगीमा कायापलटनै भयो। छ सयको साथीसँगको साक्षेदारीको कोठा भाडाले भएन।

सिटीमा दुई बेडरुम अपार्टमेन्ट चाहियो। त्यहि अनुसार गाडी पनि। अरुलाई देखाउन अनि ईज्जतको ढाकछोप गर्न भए पनि लोनको सहायताले आफुले सोचे र ईच्छ्याएको सबै रहर पुरा गरिन्। तर बिचरा खैरेसँगको समझदारी कतिनै दिगो हुन्थ्यो र। खैरेलेपनि छोडी दियो।

आज काम खोजौ भनेको जस्तो नपाईने। अनुभव र योग्यतामा नो वरिज माईट् मात्र। अहिले बिचरी आफ्नै जिन्दगी देखी दिग्दार मान्दै छिन्। भिरको चिन्डो उँदो र उँभो। हात्ती यो हात्ती आयो तर फुस्स। सबैले साउती मार्छन उ हेर न टुप्पाबाट पलाएकी थिई आज झर्यो त्यसको सेखी।

हिजो नेपालमा छँदा कन्सल्ट्यान्सीमा यसो कागजपत्र बनाउँदै हिडेका दाई। कहिले गाबीसको सिफारीस त कहिले वडाको। कहिले सम्पतीको बिवरण त कहिले नेपालीलाई अङ्ग्रेजीमा रुपान्तरण गर्नेकाम गर्दै हिडेका दाई। खै कसो कसो गरेर फुत्त छिरेछन् अस्ट्रलीया।

जसोतसो पढाई सकेर आज आफुले भोगेको पिडा फेरी अरुलाई दिन कन्सल्ट्यान्सी खोलेछन्। कहिले काँही भेट भई हाल्यो भने पनि बोल्दैनन्। मरक्क बटारिएर हिड्छन् शायद धेरैलाई बलीको बोको बनाए होलान्। लवाई खवाई र ठाँट हेर्दा फड्को मारेको चाँही पक्कै देखिन्छ।

तर मान्छे बोल्दैनन् यस्तै हो टुप्पाबाट पलाएकाहरु।यि त भए केही प्रतिनीधि घटनाहरु।यस्ता धेरै भेटीन्छन् जो सिधै टुप्पा बाट पलाएका जस्ता व्यहोरा भएका जसले आफ्नो बिगतलाई क्षणभरमा तुसारापात लगाई आफ्नो औकात बिर्सन्छन्। आखिरी किन यस्ता कठोर हुन्छन् र नालायक बन्छन् मान्छे। के पैसानै सब थोक हो र???? नोटः कसैको बास्तविक जिवनको कथासँग मेलखान गएमा केबल संयोगको रुपमा लिईदिनु हुन अनुरोध गर्दछु। लेखक