कसरी घटाइन अनिताले पच्चीस केजी तौल ?

‘मास्र्टनी’ यति भनेपछि प्राय दर्शकलाई याद भयो कि ? यदि भएन भने उनी हुन्, ‘मेरी बास्सै’का चर्चित पात्र (हाल हल्का रमाइलो) राजु मास्टरकी श्रीमती अर्थात अनिता बस्नेत । हास्य टेलिफिल्म ‘मेरी बास्सै’मा मास्र्टसकी श्रीमती ‘मास्र्टनी’को भूमिकामा देखिएपछि चर्चित बनेकी अनितालाई रियल लुक्समा मोडलका रुपमा चिन्छन् ।

मास्र्टनीको गेटअपमा थोरैले मात्र चिन्ने गरेका छन् उनलाई । डेढ सयभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरेपछि अभिनयमा प्रवेश गरेकी अनिता भन्छिन्, ‘कलाकार भएपछि सबै किसिमको भूमिका गर्न सक्नुपर्छ ।’ ओखलढुंगाकी अनिता पत्रकारिताकी विद्यार्थी हुन् ।

पत्रकारितामा स्नातक गरेकी अनिता भन्छिन्, ‘कलाकार नभएको भए म पनि पत्रकारितामै हुन्थेँ, दुई वर्ष पत्रकारिता पनि गरेँ ।’ ‘मेरी बास्सै’, हर्के हवल्दार’, ‘क्या जमाना आ’, ‘हल्का रमाइलो’जस्ता चर्चित हास्य टेलिचलचित्रहरुमा अभिनय गरिसकेकी अनिता चाँडै फिचर फिल्ममा देखिने भएकी छन् ।

अहिले ज्यान घटाउनुभएको हो ? भन्ने प्रश्नमा उनि भन्छिन – मैले एक वर्षमा २५ केजी वजन घटाएँ । त्यसका लागि मिहिनेत पनि गरेकी छु ।म दैनिक जीम र जुम्बा जान्छु । फुटवल पनि खेल्छु । अनि हप्ताको दुई दिन फास्टिङ राखेकी छु ।मोटी भइञ्जेल ज्यान घटाउ भन्थे, अहिलेचाहिँ मोटी नै सुहाएको थियो भन्छन् । तर, अरुले जे भनेपनि आफूखुसी जिउने हो । मलाई मोटीभन्दा अहिले नै कन्फाटेवल लागेको छ ।