मोरङमा भेटिए १० जना नयाँ कोरोना संक्रमित

मोरङमा कोरोना भाइरसका १० जना नयाँ संक्रमित भेटिएका छन् । दुई महिनासम्म संक्रमणविहीन बने पनि चैत ५ गतेयता भने नयाँ संक्रमित भेटिन थालेका हुन् । नयाँ भेटिएका संक्रमितमा छ जना विराटनगर महानगरपालिका, दुई जना सु’न्दरहरैँचा र एक जना प’थरीशनिश्चरे नगरपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए ।

उनका अनुसार चार दिनको अवधिमा १० जनामा संक्रमण पुष्टि भएको हो । विराटनगरमा संक्रमण पुष्टि भएकामा चार पुरुष र दुई महिला रहेको मेहताले बताए ।निक्कै लामो समयपछि प्रदेश १ मा चैत ५ गते आठ जनामा संक्रमण देखिएको थियो । जसमा तीन जना विराटनगरका थिए ।

चैत ६ गते विराटनगरमा एक जनामा संक्रमण देखिँदा प्रदेशमा छ जनालाई कोरोना पुष्टि भयो । चैत ८ गते विराटनगरका एकसहित प्रदेशका दुई जनाको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आयो ।मोरङसहित प्रदेशमा पुनः कोरोना भाइरसका संक्रमित भेटिन थालेपछि नयाँ भेरियन्टको आशंका गरिएको छ ।

कोरोना म’हामारी नियन्त्रणपछि सामान्य अवस्थामा फ’र्किए पनि पुनः नयाँ संक्रमित भेटिन थालेपछि प्रदेशमा त्रा’स बढेको छ । स्थानीय प्रशासनले कोरोना फै’लन नदिन उच्च सा’वधानी अ’पनाउन सबैमा अनुरोध गरेको छ ।केही दिनयता भारतमा कोरोना संक्रमण दर उच्च छ ।

प्रदेश १ मा नयाँ भेटिएका संक्रमितको ‘ट्’राभल हि’स्ट्री’ पनि भारतसँगै जो’डिएको पाइएपछि नयाँ भे’रियन्टको आशंका गरिएको हो । संक्रमण नियन्त्रणमा आएपछि विराटनगर महानगरपालिकाले पी’सीआर परीक्षण र स्वाब संकलन केन्द्र ब’न्द गरेको थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले कोरोनाका नयाँ बि’रामी भेटिन थालेपछि भारतको जो’गवनी हुँदै नेपाल प्रवेश गर्ने विराटनगरको रानी नाकामा क’डाई गरिएको बताए । भारतबाट नेपाल प्रवेश गर्नेमा कोरोना भए/ नभएको यकिन गर्न ए’ण्टीजेन परीक्षण गर्न था’लिएको जानकारी उनले दिए ।

नयाँ भेटिएका संक्रमितको ‘ट्राभल हि’स्ट्री’ भारतसँगै जोडिएको छ । निरौलाका अनुसार नयाँ संक्रमण भारतमा दोस्रो फे’जमा फैलिएको नयाँ भे’रियन्टको भाइरस भएको हुनसक्ने आशंका गरिएको छ । तर नयाँ भे’रियन्ट हो या हैन भन्ने यकिन गर्न परीक्षण गरेर यकिन गर्ने काम भने भएको छैन ।

नयाँ संक्रमितको ‘क’न्ट्याकट ट्रे’सिङ’ पनि पीसीआर क’लेक्सन ब’न्द गरिसकेको महानगरले गर्न सकिरहेको छैन । विराटनगर महानगरपालिकाका स्वास्थ्य संयोजक रमेश कार्कीले अब तत्कालै संक्रमितको ‘क’न्ट्याकक्ट ट्रे’सिङ’ सुरु गरिने जानकारी दिए ।