पर्सामा २५ जनाभन्दा बढी भेला हुन रो’क, सिमानाकामा थप क’डाई गरिने

छिमेकी राष्ट्र भारतको विभिन्न राज्यमा बढ्दो कोरोना सङ्क्रमणको दरलाई ध्यानमा राख्दै सिमावर्ती जिल्ला पर्सामा सतर्कता अपनाउँन विभिन्न निर्णयहरु गरिएको छ ।मङ्गलबार बसेको जिल्ला कोभिड व्यवस्थापन कमिटी पर्साको बैठकले जिल्लाका सम्पूर्ण सिमानाकाहरुमा क’डाई गर्नका साथै भेला, स’म्मेलन र भि’डभाड हुने कार्यक्रमहरु नगर्न दिने निर्णय गरेको छ ।

बैठकले होली पर्व लाई मध्यनगर गर्दै २५ जनाभन्दा बढीलाई एक ठाउँमा जम्मा हुन नदिने निर्णयसमेत गरेको पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए । निर्णय पालना नभएको खण्डमा कारवाहीसमेत गरिने उनले जानकारी दिए । ​उनले भारतका विभिन्न स्थानमा कोरोनाभाइरसको नयाँ भेरिएन्ट देखिएको हुनाले जिल्लाको सम्पूर्ण सिमानाकाहरुलाई थप व्यवस्थित गर्न नेपाल प्रहरी र शास्त्र प्रहरी परिचालन गर्ने र स्वास्थ्य चे’कजाँचका लागि हेल्थ डेस्क स्थापन गर्ने निर्णय भएको बताए ।

हेल्थ डेस्कमा भारतबाट आएकाहरुको स्वास्थ्य परिक्षण गरिने उनले जानकारी दिए । ‘भारतमा कोरोना संक्रमण बढिरहेको राज्यबाट आउँनेहरुलाई सिमानाकामा रोकेर आ’रडीटी परिक्षण गरिने छ । आरडीटीमा पोजेटिभ देखिएको व्यक्तिलाई तत्कालै आ’रटि-पिसिआर परिक्षण गर्दै अ’ईसोलेट गरिने निर्णय भएको छ,’ तामाङले भने ।

बैठकले तत्कालका लागि गोपाल मण्डली र कलवार धर्मशालालाई क्वा’रेन्टिन र नारायणी अस्पतालमा अईसियुसहितको को’भिड विशेष कक्ष सञ्चालन गर्ने निर्णय गरेको उनले बताए । उनले पोखरिया अस्पताल, बगही स्वास्थ्य केन्द्र र भिखमपुरको स्वास्थ्य केन्द्रमा पनि आवश्यकता परेको खण्डमा कोभिड अस्पताल सञ्चालन गरिने जानकारी दिए ।

तामाङले जिल्लाका सबै पालिकाहरुलाई पनि आ-आफ्नो क्वारेन्टिन र आइसोलेसन व्यवस्थापनमा लाग्न आग्रह गरिएको बताए । त्यसैगरी बैठकले राती ९ बजेपछि बजार पूर्ण रुपले ब’न्द गर्नुपर्ने निर्णय गरको छ ।बैठकमा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार स’रावगी, पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे, पर्साका शास्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, नारायणी अस्पतालका मेसु डा. संजय ठाकुर, ट्राफिक प्रहरी निरीक्षक सुमन कार्कीलगायतको उपस्थिति रहेको थियो ।