चितवनमा सभा सम्मेलन तथा जमघटका कार्यक्रममा रो’क

जिल्ला प्रशासन कार्यालय चितवनले कोरोनाको सङ्क्रमण नियन्त्रणका लागि भेला एवं सम्मेलन नगर्न सोमबार सर्वसाधारणलाई अपिल गरेको छ ।कार्यालयले एक सूचना प्रकाशित गर्दै विश्वभरि तथा छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढेकाले चितवन जिल्लामा सभा, स’म्मेलन, भे’ला जु’लुस, र्या’ली र ज’मघटलगायतका भि’डभा’ड हुने काम नगर्न अपिल गरेको छ ।

साथै प्रशासनले भौतिक दूरी कायम गर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न सर्वसाधारणलाई अनुरोधसमेत गरेको छ । साथै को’भिड १९ संक्रमणको संभावित जो’खिमलाई मध्यनजर गर्दै नजिकै आइरहेको हिन्दुहरुको पर्व फागु पुर्णिमा अर्थात होली घरमै बसेर मनाउन प्रशासनले आग्रह गरेको छ ।

यस्तै प्रशासनले जिल्ला प्रशासन कार्यालय चितवनले यस वर्षको फागु पर्व ‘होली’ मनाउँदा स्वास्थ्य सतर्कता अ’पनाउन आग्रह गरेको छ । भि’डभाड नहुनेगरी होली मनाउन आग्रह गर्दै चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले मास्क लगाएर घर परिसरमा मात्रै पर्व मनाउन आग्रह गर्नुभएको छ ।

लामिछानेले भन्नुभयो–‘संक्रमणको जो’खिमका कारण भि’डभाड नगरिदिनुहुन हाम्रो आग्रह छ, त्यसबारे सार्वजनिक सूचना जारी गरेर हामीले सचेत गराइसकेका छौं ।’ सु’रक्षाकर्मी परिचालन गरेर भि’डभाड नियन्त्रण गर्ने प्रशासनको तयारी छ । होली खे’ल्दा भौतिक दुरी कायम गर्नुपर्ने लामिछानेले बताउनुभयो ।

‘भि’डभाड नगरिदिन हामी पूर्व जानकारी गराउँछौँ’ प्रजिअ लामिछानेले भन्नुभयो,–‘ज’बर्ज’स्ती रं’ग द’ल्नेलाई अ’भ’द्र व्य’वहार मु’द्दामा का’नुनी का’रवाही गर्छौं ।’ चैत १५ मा पहाडी र १६ मा तराईका जिल्लामा होली मनाईदै छ । चितवनमा भने दुवै दिन होली पर्व मनाइन्छ ।

स्वास्थ्य मन्त्रालयले चैत ८ मा विज्ञप्ति निकालेर कोरोना संक्रमण बढ्ने ख’तरा औंल्याउँदै सभा, स’म्मेलन गर्न रो’क लगाएको थियो । विगतमा नारायणी नदी किनार लगायतका क्षेत्रमा ठुलो भि’ड जम्मा भएर होली खे’लिने परम्परा थियो । गृहमन्त्रालयले मास्क अनिवार्य गर्न र भि’डभा’ड हुन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।