लाखौं खर्च गरेर २० गर्लफेण्ड बनाएका युवक भन्छन् ‘डेटिङका लागि समय थिएन’

विश्वका कैयौं देशमा परम्परागत डेटिङ छोडेर मानिसहरु प्रेम र सम्बन्धको लागि नयाँ अवधारणा पनि प्रयोग गर्न थालेका छन् । यीमध्ये अत्याधिक लोकप्रिय अवधारणा सुगर डेटिङ हो । अमेरिकाका एक व्यक्तिले हालै यो अवधारणाबाट आफूले छोटो समयमै कैयौं आकर्षक युवतीसँग डेटिङ गरिसकेको बताएका छन् ।

द सनमा प्रकाशित रिपोर्टअनुसार अमेरिकाका सेथ स्कोलफलाई कलेज ग्रयाजुएसनको क्रममै आफूले पढाइमा केन्द्रित हुन चाहेकोले डेटिङको लागि समय निकाल्न नसक्ने महसुस भएको थियो । उनले युनिभर्सिटी अफ शिकागोबाट दर्शन र अर्थशास्त्रमा डिग्री हासिल गरे र २८ वर्षको उमेरमै उनी सिधै एउटा हाइप्रोफाइल जागिरमा पुगे ।

फ्याबुलस वेबसाइटसँग कुरा गर्दै सेथले भने ‘मेरो काम निकै तनावपूर्ण थियो र मैले घण्टौं काम गर्नु पर्थ्यो । मलाई महसुस भयो कि म डेटिङ एपमा समय खराब गर्न सक्दिन । तैपनि मैले कैयौं सुन्दर र आकर्षक युवतीसँग डेट गर्न सफल भएँ किनकि कलेज सकेपछि नै मैले सुगर ड्याडी बन्ने निर्णय गरेको थिएँ ।

यी व्यक्तिले विगत ६ वर्षमा १० हजार पाउण्ड (१६ लाख रुपैयाँ) २० जना सुगर बेबीका लागि खर्च गरिसकेका छन् । फाइभ स्टार होटलमा बस्न, हाइप्रोफाइल रेष्टुरेण्टमा खाना, डिजाइनर ब्यागका साथै यी व्यक्तिले आफ्ना गर्लफ्रेण्डलाई हप्तामा १०० डलर भत्ता पनि दिन्छन् ।

यी व्यक्तिको सबैभन्दा लामो सम्बनध ६ महिनासम्म चलेको थियो ।विगत ६ वर्षसम्म सुगर रिलेसनसिपमा रहेका सेथले अहिले भने आफ्नै वेबसाइट ल्याएका छन् । उनको यो वेबसाइटमार्फत सुगर ड्याडी र सुगर बेबीले एक अर्कालाई भेट्न पाउँछन् । यो वेबसाइटबाट आफूले फेक सुगर बेबी प्रोफाइलहरु हटाउन चाहेको उनले बताएका छन् ।