अब मास्क नलगाई हिँडे का’रबाही

काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाराले मास्क नलगाई घरबाहिर हिड्नेलाई का’रबाही गर्ने भएको छ । भारतमा कोरोना भाइरस (को’भिड–१९) संक्रमण बढेसँगै सतकर्तता अ’पनाउन भन्दै प्रशासनले मास्क नलगाई बाहिर हि’ड्नेलाई का’रबाही गर्ने भएको हो ।

डीसीसीएमसीको मंगलबार बसेको बैठकले मास्क नलगाई हिँडेको पाइएमा सं’क्रामक रो’ग ऐ’न ब’मोजिम का’रबाही गर्ने निर्णय भएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । प्र’शासनले कोरोना संक्रमणको जो’खिमबाट ब’च्न फागुपूर्णिमा (होली)मा भि’डभाड नगर्न भनेको छ ।

सी’मानाकाबाट आउने यात्रुहरुको आ’वतजावतलाई व्यवस्थित गरी उनीहरुको अनिवार्य रुपमा अभिलेख राख्ने तथा नेपाल प्रवेश गर्ने यात्रुलाई अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गराए मात्र प्रवेश गर्न दिने सूचनामा उल्लेख छ ।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होली पर्व घरमै मनाउन र भी’डभाड नगर्न आग्रह गरेको छ। पछिल्ला दिनमा कोरोना भा’इरस (को’भिड-१९) सं’क्रमण जो’खिम ब’ढ्न थालेपछि मन्त्रालयले थप स’तर्कता अ’पनाउन आग्रह गरेको हो ।बुधबार आ’योजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘पछिल्लो केही दिनमा सं’क्रमणको संख्या उ’कालो लागेको छ ।

जो’खिम पनि बढेको छ । त्यसैले होली घरमै मनाउन र भी’डभाड नगर्न आग्रह गर्छौं ।’ यसपाली होली पर्व पहाडमा चैत्र १५ गते र तराईमा १६ गते मनाइँदैछ। रं’गहरुको पर्व होली पहाडमा चैत १५ र तराई मधेसका जिल्लामा १६ गते मनाइँदैछ । डा.समिरका अनुसार गत सोमबारदेखि १२ हजार ४६६ पी’सीआर परीक्षण गरिएकोमा ४ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ।

२६६ जना सं’क्रमणमुक्त भइ डि’स्चार्ज भएका छन्। पछिल्लो २४ घन्टामा १४५ जनामा कोरोना भाइस (को’भिड-१९) संक्रमण देखिएको छ। ३९ सय ६३ स्वाब पी’सीआर गर्दा १४५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट १ जनाको मृ’त्यु भएको छ।

यो सहित नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या ३ हजार २० पुगेको छ। मन्त्रालयका अनुसार बुधबार ९० जना स्वास्थ्य ला’भ गरेका छन्। योसहित कोरोनाबाट नि’को हुनेको संख्या २ लाख ७२ हजार १८७ पुगेको छ। यस्तै हाल ५२ जना क्वारेन्टाइनमा र ११ सय ८२ जना आइसोलेसनमा छन्।