काठमाडौंमा सार्वजनिक स्थानमा होली खेल्न रो’क !

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा होली खेल्न रो’क लगाएको छ । कोभिड-१९ संक्रमणको दर ब’ढ्दै गएको अवस्थामा होली पूर्णिमामा सार्वजनिक स्थलमा भेला भई होली खेल्न रो’क लगाइएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मा’पदण्ड पूरा नगर्ने व्यक्तिलाई सं’क्रामक रो’ग ऐ’न, २०२० ब’मोजिम का’रबाही गरिने पनि प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।काठमाडौं उपत्यकामा बृद्धि भइरहेको सं’क्रमणको दरलाई न्यूनीकरण गर्नको निम्ति स्वास्थ्यका माप’दण्डहरू अनिवार्य रूपमा पालना गर्ने, मास्क लगाउने, से’निटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गरी आफ्नो दैनिक कार्य सञ्‍चालन गर्ने र समयसमयमा हात धुने कार्यलाई अनिवार्य पालना गर्नसमेत पराजुलीले अनुरोध गरे ।

स्थानीय प्र’शासन, प्रहरी, जनस्वास्थ्य कार्यालय लगायतका सरोकारवाला सबै निकायलाई अनिवार्य मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, हात धुने लगायतका कुरामा जनचेतना फै’लाउने कार्य गर्नसमेत आग्रह गरे । को’भिड रो’कथाम तथा नियन्त्रणका लागि निर्माण गरिएका क्‍वा’रेन्टाइन, आइ’सोलेसन केन्द्रहरूको अवस्था के छ भन्‍ने सम्बन्धमा सबै स्थानीय तह मार्फत अ’नुगमन गरी तयारी अवस्थामा राख्‍ने निर्णय गरिएको पनि उनले बताए ।

विद्यालय सञ्‍चालन भएको अवस्थामा विद्यार्थीहरूलाई अनिवार्य मास्क लगाउने व्यवस्था गर्ने, क’क्षाकोठाको व्यवस्थापन सोही अनुसार गर्ने, से’निटाइजर प्रयोग गर्ने, हात धुन लगाउने कुरालाई अनिवार्य पालना गर्ने व्यवस्था गर्न समेत अनुरोध गरेका छन् ।कोरोनाबाट थप ज’टिलता नआओस भन्‍न सबै पक्षको साथ र सहयोगको अपेक्षा गरिएको पनि पराजुलीले बताए ।