उपत्यकाका तीनै प्रसासनको आदेश : कोरोनाको जो’खिम बढेपछि अब यी काम गर्न नपाइने

काठमाडौं । पछिल्लो केही दिनयता नेपालमा कोरोना भाइरस (को’भिड–१९) को संक्रमण बढ्दै गएको भन्दै उपत्यकाका ३ जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण रो’क्नका लागि अपनाइने मापदण्ड पालनमा क’डाइ गर्ने भएको छ ।

उपत्यकाका तीन जिल्लाले कोरोनाभाइरसको बढ्दो संक्रमण रो’कथामका लागि जनस्वास्थ्यका मा’पदण्डलाई क’डाइका साथ पालना गर्ने निर्णय गरेका हुन् ।कोरोना संक्रमण बढ्न नदिन से’निटाइजर, मास्क र सोसिएल डि’स्टेन्स लगायतका मापदण्ड पालना गर्न क’डाई गर्ने निर्णय भएको हो ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बुधबार विज्ञप्ती जारी गर्दै घर बाहिर निस्कँदा सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई सं’क्रामक रो’ग ऐन, २०२० बमोजिम का’र्वाही गर्ने बताएका छन् ।चैत १५ र १६ गते होली पर्वलाई घरमै मनाउन समेत जिल्ला प्रशासनहरुले आग्रह गरेका छन् ।

काठमाडौं उपत्यकामा संक्रमणको जो’खिम बढ्दै गएकाले सार्वजनिक स्थलमा भी’डभाड नगर्न समेत उनीहरुले आग्रह गरेका छन् ।रात्रिकालीन व्यवसायहरु राति ११ बजेपछि सञ्चालनमा रो’क लगाउने निर्णय भएको छ । व्यवसाय सञ्चालन गर्दा पनि भि’डभाड नहुने र स्वास्थ्य तथा सु’रक्षाका तो’किएका मापदण्डहरु पालना गर्नु पर्ने व्यवस्था मिलाउन प्रशासनले अनुरोध समेत गरेको छ ।

को’भिड–१९ संक्रमणको सम्भावनालाई मध्यनजर गरी पहिले सञ्चालनमा आएका क्वा’रेन्टिन, आइसोलेसन केन्द्रलाई तयारी अवस्थामा राख्ने, केस इ’न्भेस्टिगेसन र क’न्ट्याक्ट ट्रे’सिङ का कार्यलाई आवश्यकता अनुसार अघि बढाउने, अस्पताल र स्वास्थ्य संस्थाहरु म’हामारी व्यवस्थापनको लागि आवश्यक तयारी अवस्थामा रहन लगाउने निर्णय भएको उनले बताए ।