दा’सढुङगामा ट्रक र कार ठो’क्किए, २८ बर्षीय धर्मराजसहित २ को मृ’त्यु अन्य धेरै घा’इते

दमौलीः चितवनको दा’सढुंगामा ट्रक र कार ठ’क्कर खाँदा तनहुँ श्या’म्घाका एक व्यक्तिको ज्यान गएको छ । बुधबार दिउँसो भरतपुर २९ मुग्लिन नारायणगढ सडक खण्डको दा’सढुङगामा ट्रक र कार ठो’क्किएको हो ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृ’त्यु हुनेमा तनहुँ स्या’म्घा ४ निवासी २८ वर्षका धर्मराज गौ’ली र कास्की लेखनाथ नगरपालिका बस्ने बर्ष ३१ का रामकृष्ण भुजेल छन् ।

नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना ६ ख ७३७१ नम्बरको ट्रक र विपरित दिशातर्फ गैरहेको बा २१ च ६८५९ नम्बरको कार एक आपसमा ठ’क्कर खाएको थियो ।दु’र्घटनापछि कारमा सवार चालक सहित पाँचजना घा’ईते भई उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर लैजाँदै गर्दा दुई जनाको बाटोमा नै मृ’त्यु ज्यान गएको थियो ।

घ’टनामा परी घा’इते कार चालक लम्जुङ मध्य नेपाल नगरपालिका ७ निवासी ४२ वर्षका पदम सापकोटा र जिल्ला स्याङजा बिरुवा गाउँपालिका ३ निवासी ४२ वर्षका प्रसाद थापा तथा तनहुं ब्यास न.पा. ६ निवासी ४० वर्षका जसमान परियारको पु’रानो मे’डिकल कलेज भरतपुरमा उपचार भई रहेको चितवन प्रहरीले जानकारी दिएको छ ।