छोरीलाई पढाउने उद्देश्यले कतार गएका थिए…

स्कुल बस दु’र्घटना हुँदा मृ’त्यु भएकी तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ गणेशपुर निवासी १८ बर्षीया सम्जना केसीका वुवाको सपना छोरीलाई पढाउने नै थियो ।त्यही सपना बोकेर लामो समयदेखि उनका वुवा विदेश छन् ।‘ छोरीलाई पढाउने भनेर उहाँ विदेश जानु भएको हो ।

उहाँले हामीलाई पनि त्यही भन्नुहुन्थ्यो’, सम्झनाका ठूला वुवा डिल्ली केसीले भने‘ तर, त्यो सपना च’क्नाचुर भयो ।’ सम्जनाका वुवा २ बर्षदेखि वैदेशिक रोजगारकै सिलसिलामा कतारमा छन् ।उनी घरकी कान्छी छोरी हुन् । उनीहरु एक छोरा र एक छोरी छन् ।सम्जनाको एकजना दाई छन् ।

उनको अहिले काठमाडौंमा ब्याचलर लेभरको पढाई चलिरहेको छ । छोरा र छोरीलाई पढाउनकालागि घरमा उनकी आमाले केही समय अघि मात्रै भैसी पालन गर्न सुरु गरेकी थिईन् । सामान्य परिवारमा रहेका उनीहरुलाई पढाउने आमावुवाको ठूलो धोको रहेको ठूला वुवा केसीको भनाई छ ।

सम्जना को स्वभाव, आनीवानी पनि राम्रो थियो । उनले घर सजावट र सरसफाई पनि निकै ध्यान दिन्थिन् । अनले घर वरपर रोपेका फूलहरु अहिले पनि ढकमक्क फुलेका छन् । उनले प्लस टु सक्ने वित्तिकै जागिर गर्ने सपना थियो । सामान्य परिवार भएकाले जागिर गर्दै पढ्दै गर्दै उनको सपना रहेको उनका दाई प्रविन केसीले बताए ।

सम्जनाको शिक्षक बन्ने ठूलो धो’को थियो । उनले तुलसीपुर ६ स्थित प’ब्लिक ज्ञान ज्योति स्कुलमा कक्षा ११ मा क’म्प्युटर सा’ईन्स अध्ययनरत गरिरहेकी थिइन । उनको मंगलबार सोही स्कुलको बस दु’र्घटनामा परि मृ’त्यु भएको थियो ।