भारतमा ४० वर्ष जे’ल बसेका दुर्गाप्रसादले पाए नागरिकता

काठमाडौँ । भारतमा ४० वर्ष जे’ल बसेर नेपाल फर्किएका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)ले नेपाली नागरिकता पाएका छन् । उनले विहीबार जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता लिएका हुन् ।उनलाई सहायक सिडिओ झरेन्द्र प्रसाद चापागाई र प्रमुख प्रशासकीय अधिकृत देवीचरण फुएँलले नागरिकता प्रदान गरे ।

दुर्गाप्रसादको परिवारले नागरिकताका लागि चासो देखाएपछि जिल्ला प्रशासन कार्यालयले पनि स’हजीकरण गरिदिएको थियो। ‘हामीलाई माइ नगरपालिका र त्‍यहाँका जनप्रतिनिधिले पहल गरेपछि हामीले पनि दुर्गाप्रसादलाई नागरिकता दिएका हौं ।’ सहायक सिडिओ चापागाईले भने ।

योसँगै भारतमा क्ष’तिपूर्ति माग दाबीका लागि पहल गर्न भाइ प्रकाशचन्द्र तिम्सिना र भतिजा गोपाल तिम्सिनाको नाता प्रमाणिकरण प्रमाणपत्र पनि बनाइएको छ । उच्च अदालत कोलकाताले तिम्सिनमो परिवारले क्ष’तिपूर्ति मा’गे दिनू भनी आ’देश दिए लगत्तै प्रक्रिया सुरु गर्न नाता प्र’माणिकरण गरिएको भाइ प्रकाशचन्द्रले बताए ।