मु’द्दा मिलाइदिन्छु भन्दै रकम अ’सुल्ने युवक पक्राउ

१२ चैत्र २०७७, बिहीबार काठमाडौं– मु’द्दा मिलाइदिन्छु भन्दै रकम अ’सुल्ने युवक पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले गोरखाको मिरकोट घर भई काठमाडौं की’र्तिपुर मच्छेगाँउ बस्ने ३२ वर्षीय नवीन लामिछानेलाई पक्राउ गरेको हो।

थापाथलीबाट पक्राउ परेका लामिछानेलाई महानगरीय प्रहरी वृत्त कालिमाटीमा राखेर अनुसन्धान सुरु गरिएको परिसरका एसपी रमेश बस्नेतले बताए। लामिछानेले बैं’किङ क’सुरको मु’द्दा मि’लाइदिन्छु भनेर ७० हजार रुपैयाँ अ’सुल गरेको उ’जुरी परेपछि उनलाई पक्राउ गरिएको हो।

बैं’किङ कसु’रको आरोपमा पक्राउ परेका प्रवीण श्रेष्ठलाई छु’टाइदिने भन्दै लामिछानेले ७० हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ। त्यस्तै प्रहरीले नक्कली नोट छा’प्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–३, समल टोलमा बस्ने रौतहटको रंगपुर–५, घर भएका गनबहादुर लोप्चन छन् ।प्रहरीले बुधबार राति साढे ११ बजेतिर छा’पा मा’रेको थियो ।

सिन्धुली मरिन गाउँपालिका–३ घर भई हाल कीर्तिपुरमै बस्ने घर निर्माण काम (ज्या’मी) मा सं’लग्न ३९ वर्षीय नीता तामाङबाट ५०० दरका ९ वटा जाली नोट रहेको खवर पाएपछि प्रहरीले छा’पा मा’रेको हो । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले प्रहरी वृत्त कीर्तिपुरसँगको समन्वयमा नक्कली नेपाली रुपैयाँ छा’प्दै गरेका लोप्चनलाई ७७ हजार नक्कली रुपैयाँसहित नक्कली रुपैयाँ छा’प्ने कार्यमा प्रयोग हुने विभिन्न सामान समेत ब’रामद गरेको छ ।

राती नै आवश्यक अनुसन्धानको लागि कालिमाटी प्रहरी वृत्त पु¥याइएका लोप्चनसँगै छा’प्दै गरेको हजारको नोट ४९ थान, छा’प्दै गरेको पाँच सयको नोट ५६ थान, इ’प्सन ब्रा’न्डको थ्री वान प्रिन्टर मे’सिन, फोटोकपी पेपर, पेपर क’टर, स्ट्या’पलर, निजको नागरिकता र रा’हदानी पनि प्रहरीले ब’रामद गरेको जनाएको छ ।