धमला पत्नी समाजसेवातिर पनि…

काठमाडौं । नायिका एलिजा गौतमले कलाकार उद्धव भट्टराईलाई २५ हजार नगद सहयोग गरेकी छिन् । एलिजाले आफ्नो जन्मदिनको अवसरमा काठमाडौंको नयाँ बानेश्वरमा रहेको पाँचतारे होटेल एभरेष्टमा आयोजित विशेष समारोहका बीच उक्त सहयोग रकम हस्तान्तरण गरेकी हुन् ।

कलाकार भट्टराईलाई सहयोग गर्न पाउँदा खुशी व्यक्त गर्दै उनले सबै कलाकारलाई पनि सहयोग गर्न आग्रह गरेकी थिईन् । नायिका गौतमको जन्मदिनमा गोविन्द राई, नरेश भट्टराई, नायिका आँचल शर्मा र उनको पति डा. उदिप श्रेष्ठ, कलाकार निर्मल शर्मा, गायकहरु प्रकाश सपुत र दुर्गेस थापा, निर्देशक शिव वीक लगायत पुगेका थिए ।

बर्थडे सेलिब्रेसनमा नायिका गौतमका पति वरिष्ठ पत्रकार ऋषि धमला, उद्यमी/व्यवसायी दिपक मल्होत्रा, नवराज ढकाल, दुर्गा प्रसाई पनि सहभागी थिए । गौतमले भट्टराईलाई सहयोग गर्दै फेशबुकमा लेखेकी छिन्– ”मेरो जन्म दिनको शुभकामना दिनुहुने सबैलाइ धन्यवाद मलाई जन्म दिनको अवसरमा Bharat Goutamबाबाले ले रमाइलो गर्नु भनेर पठाउनु भएको केही रकमबाट मैले नेपाली चलचित्र क्षेत्रका पहिलो पुष्ताका ड्रेस म्यान एवं दक्ष कला निर्देशक आदरणीय उद्धव भट्टराई (जुंगे दाई) को स्वास्थ्य उपचारार्थ २५ हजार सहयोग गर्न पाउँदा नेपाली फिल्म क्षेत्र प्रति आफूलाई जिम्मेवार बोध गरेको छु । तपाइहरुको माया र साथ सधै पाईराखु ।