चर्चित गीत ‘बेनीको बजार’का सर्जक तथा गायक टिकाबहादुर श्रेष्ठको नि’धन

काठमाडौं- ‘बेनीको बजार जता माया उतै छ नजर’ का सर्जक गायक टिकाबहादुर श्रेष्ठको नि’धन भएको छ । लोक तथा संगीतमार्फत म्याग्दकिो सदरमुकाम बेनीलाई विश्वभर चि’नाउन सफल गायक श्रेष्ठको ७५ बर्षको उमेरमा बुटवलमा नि’धन भएको हो ।

म्याग्दीमा ज’न्मिएर लोक संगीत, नेवारी संस्कृतिका अग्रज कलाकारको रुपमा स्थापित श्रेष्ठले २०३१ सालमा रेडियो नेपालमा रेकर्ड गरिएको ‘बेनीको बजार जता माया उतै छ नजर, किरेमिरे जाले रुमाल’ बोलको गीत श्रीमती मन छन्त्यालसँगै गाएका थिए । लामो समयसम्म मि’र्गौला सम्बन्धी स’मस्याले अहिले निरन्तर डा’यालासिस गरिरहेका श्रेष्ठको नि’धनले लोकसंगीतको क्षेत्रमा अ’पुरणीय क्ष’ती पुगेको छ ।

पुराना पुस्ताका लोकप्रिय गायकका रुपमा चि’निएका श्रेष्ठले दर्जनौ सम्मान समेत प्राप्त गरेका थिए । वि.सं.२०१९ साल फागुन ७ गते प्र’जातन्त्र दिवसको दिन काठमाडौको राष्ट्रिय नाचघरमा पहिलोपटक बेनीको बजार गु’न्जिएको थियो । सांगीतिक कार्यक्रमको लागि १४ वटा अञ्चलबाटै आएका कलाकारलाई समेत टिकाबहादुर र मन छ’न्त्यालको प्रस्तुतीले उ’छिनेको थियो ।

म्याग्दीमा शिक्षण पेशामा समेत कार्यरत रहदाँ धौलागिरी अञ्चलका अञ्चलाधिसले श्रेष्ठले काठमाण्डौको कार्यक्रमसम्म पुग्न लेखेको पत्रले नै सांगितिक यात्रामा सं’लग्न गराएको थियो । सर्जक श्रेष्ठलाई म्याग्दी उद्योग वाणिज्य संघ, म्याग्दी जे’सीज लगायतका संघसंस्थाले समेत सम्मान गरेका छन् ।