म’ल कारखाना खोल्ने प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत

काठमाण्डाै – म’ल कारखाना स्थापना गर्ने सरकारकाे प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पेस गरेको प्रस्ताव बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो ।

ब’र्सेनि रा’सायनिक म’लको अ’भावमा नेपाली किसानले भोग्दै आएको स’मस्याको दी’र्घकालिन स’माधानका लागि सरकारले म’ल कारखाना स्थापना गर्न लागेको कृषि मन्त्री अर्यालले जानकारी दिनुभयो । ‘मलको तत्कालीन स’मस्या स’माधान हामीले गरिसकेका छौँ ।

म’लको दीर्घकालीन स’मस्या स’माधान गर्ने भनेर सरकारले म’ल कारखाना स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ’, मन्त्री अर्यालले भन्नुभयो, ‘यस वर्ष मलको अ’भावमा किसान छ’टपटाउनुपर्ने छैन भने उत्पादनमा कमी आउने छैन । मध्यकालीन स’मस्या स’माधानका लागि प्रक्रिया अगाडि बढाएका छौँ ।’

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा रासायनिक म’ल कारखाना स्थापना र सञ्चालनसम्बन्धी अध्ययन प्रतिवेदन २०७७ स्वीकृत गर्दै कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई रा’सायनिक मल कारखाना स्थापना गर्नका लागि प्रक्रिया अगाडि बढाउन स्वीकृति प्रदान गरेको हो ।

सार्वजनिक निजी साझेदारी (पीपीपी) मो’डालिटिमा नेपालमा रासायनिक म’ल कारखाना स्थापना गर्ने कार्यलाई व्यवस्थित बनाउन कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आवश्यक पर्ने कार्यविधि तयार गरी लागू गर्न तथा रासायनिक म’ल कारखानाको पूर्वाधार निर्माण कार्य गर्न लगानी बोर्डको कार्यालयलाई जि’म्मेवारी दिने निर्णयसमेत गरेको छ ।