काठमाडौंमा भएको यो अनौठो अनि क’हालीलाग्दो घटना

काठमाडौ । कुनै सुन्दर युवतीले लि’फ्ट मागिन् भनेर मख्ख पर्दै लिफ्ट दिँदा स’मस्यामा पर्न सकिन्छ । एक युवतीलाई सहयोग गर्ने भन्दै लि’फ्ट दिँदा सिन्धुली कमलामाई नगरपालिका २ का भोलाबहादुर ज’र्घामगरले नसोचेको घटना भो’ग्नु परेको छ ।

गत साउन ८ गते उनले एक युवतीलाई रत्नपार्कवाट कलंकी जान भनेर युवतीलाई लि’फ्ट दिएका थिए । एक्लै मोटरसाइकलमा भएका उनले युवतीको आ’ग्रह नकार्न सकेनन् । रत्नपार्कवाट उनलाई मोटरसाइकलमा राखेर कलंकी सम्म लिएर गए ।तर कलंकी पुगेपछि पनि ति युवती मोटरसाइकलवाट ओलिएनन् ।

उनले आफुलाई चोभार लगिदिनु भनेर फेरी आग्रह गरेपछि उनी चोभार तर्फ लागे । तर चोभारमा आफुमाथि के हुँदैछ भन्ने कल्पना पनि भोलाले गरेका थिएनन् ।चोभार पुग्दा युवतीले अन्य दुई युवालाई पहिले नै बोलाएकी रहिछन् । उनी त्यहाँ पुगेपछि भोलालाई क’ब्जामा लिए । उनीसंग भएको नगद पैसा, मोलाइल र ६ तोला सुन समेत लगे ।

ति युवती पनि उनै युवाहरुको साथमा फ’रार भइन् । एकै छिनमा लु’टिएका उनी त्यहाँवाटै महानगरीय अ’परा’ध महाशाखामा पुगेर उजुरीदिए । प्रहरीले घटना भएको यति लामो समय पछि एक जनालाई पक्राउ गरेको छ । युवती र अन्य एक जना युवाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका(३ घर भई काठमाडौं स्यु’चाटार बस्ने ४९ वर्षीय लालबहादुर श्रेष्ठ हुन् ।