ओलीसँग निहु खोज्नु नै आफ्नो सबैभन्दा ठूलो गल्ती भो – प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले प्रधानमन्त्री केपी शर्मा आलीबि’रुद्धको अभियान आफ्नै र पार्टीको लागि निकै महंगो सावित भएको स्वीकार गरेका छन् । आफूनिकट नेताहरुसँगको अनौपचारिक छलफलमा प्रचण्डले ओली फाल्न लाग्दा आफूसहित माधवकुमार नेपाल समुह निकै ठुलो समस्यामा परेको जनाउ दिएका हुन्।

‘सिएमले प्रधानमन्त्रीबि’रुद्धको मिसन निकै महंगो भयो, यो मिसनले ओलीप्रति नै जनताको आकर्षण बढ्यो, हामीहरु सोच्दै नसोचेको अवस्थामा पुगियो भन्ने निश्कर्ष सुनाए,’ प्रचण्डसँगको अनौपचारिक छलफल उधृत गर्दै माओवादीका एक नेताले भने । उनका अनुसार प्रचण्डले ओलीबिरुद्ध लागेकै कारण पार्टी पनि बिभाजन भएको सन्देश जनतामा पुगेकोले आफूहरु नै गलत रहेको जनताको बुझाइलाई चिर्न तत्कालै नसकिने निचोड पनि प्रचण्डले सुनाएका हुन्।

‘एमाले फुटाउने भनेको, माओवादी पनि फ्ट्यो, एमालेमा त माधवजीहरुको हरिबिजोग नै भयो, रेस्क्यू नै गर्न नसकिने अवस्था देखिदैछ,’ प्रचण्डको भनाई उधृत गर्दै ती नेताले भने। उनका अनुसार सर्वोच्च अदालतले एमाले र माओवादी ब्यूँताएपछि आफ्नै सुझावमा माधव समुह एमाले फर्किए पनि अव एमालेमा स्थान नपाउने अवस्था बनेको दृष्टान्त पनि राखेका छन् ।

एमाले फर्किएपछि प्रचण्डकै निर्देशनमा माधव समुहले बबण्डर मच्चाएपछि नेता नेपालसहित चार जनालाई स्पष्टिकरण सोधेको छ । माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई सोधिएको स्पष्टिकरणको समय आज सकिदैछ। ‘यो कुराले एमालेमा ब’बण्डर त भयो तर माधवजीहरुको साथमा कुनै कार्यकर्ता नरहने अवस्था पैदा भयो, जुन हाम्रो लागि निकै घा’तक छ, अव माधवजीहरु आउँछु भन्दा पनि नेता मात्रै हुने, कार्यकर्ता र जनता नहुने अवस्था छ,’ प्रचण्डको निश्कर्ष छ।

प्रधानमन्त्री तथा अध्यक्षबाट ओलीलाई कू गरेर हटाउने भारतीय ष’डयन्त्रको मतियार प्रचण्ड र माधव नेपाल समुह बनेपछि नेकपा नै बिभाजन भएको थियो । पार्टी बिभाजन र अदालतको फै’सलाबाट एकता पूर्वको अवस्थामा पुगेपछि प्रचण्डले ओलीबि’रुद्धको मिसन गलत रहेको स्वीकार गरेका हुन्।