काठमाडौं । मेलम्चीको पानी आइतबारदेखि काठमाडौंका धारामा वितरण गरिने भएको छ । धारामा वितरण गर्नुअघि मेलम्चीको पानी धोबीखोलामा ख’सालिएको छ। शुक्रबार मेलम्चीको पानीलाई थो’क वितरण प्रणालीको पाइपलाइन फ्ल’स गर्दै चावहिल नजिकैको धोबीखोलामा ख’सालिएको हो ।
मेलम्चीको पानी ख’सालेपछि धोबीखोलामा स’ङ्लो पानी ब’गेको जनाइएको छ । आइतबारदेखि मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीका घरघरका धारामा वितरण गर्ने तयारी छ । मेलम्चीको पानी वितरणको तयारी अ’न्तिम चरणमा पुगेको खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले जानकारी दिए ।
‘आइतबार र सोमबार दैनिक चार करोड लिटर र त्यसपछि साढे ५ करोड लिटर पानी वितरण हुनेछ,’ सचिव बेल्बासेले भने, ‘आगामी बुधबारदेखि दैनिक साढे ८ करोड लिटर पानी वितरण गर्ने तयारी छ ।’ पूर्ण क्षमतामा सञ्चालन हुँदा मेलम्चीको पानी दैनिक १७ करोड लिटर भन्दा धेरै वितरण हुने बताइएको छ। भिडियो
तपाईको प्रतिक्रिया दिनुहोस्