कृति सेननको बो’ल्ड फोटोमा अमिताभ बच्चनको यस्तो कमेन्ट

बलिउड सुपरस्टार अमिताभ बच्चन सामाजिक संजालमा निकै सक्रिय छन् । तर, अमिताभले हत्तपत्त कुनै हिरोइनको फोटोमा प्रतिक्रिया दिँदैनन् ।पछिल्लो समय भने अमिताभले अभिनेत्री कृति सेननको फोटोमा कमेन्ट गरेर चर्चा बटुलेका छन् ।

कृतिले आफ्नो फोटोसुटका केही फोटोहरु सामाजिक संजालमा शेयर गरेकी थिइन् जहाँ अमिताभ बच्चनले कमेन्ट गरेका छन् ।अमिताभले कृतिको फोटोमा कमेन्ट गर्दै वाउ लेखेका छन् । अमिताभले यत्ति लेख्नुले नै उनी कृतिको तस्वीरबाट प्रभावित भएको बुझिन्छ । अमिताभको यो प्रतिक्रियाको कृतिले जवाफ दिएकी छैनन् ।

तर, अमिताभको कमेन्टमै ३ हजारभन्दा धेरैले जवाफ दिइसकेका छन् । कृतिले पछिल्लो समय बाहुबली स्टार प्रभासको आदिपुरुषमा सीताको भूमिका निभाएकी छिन् । यो फिल्म रिलिज हुन बाँकी छ । यसबाहेक अक्षय कुमारसँग फिल्म बच्चन पाण्डे पनि रिलिज हुने तयारीमा छ ।