इराकमा बिरालोका लागि सुविधा सम्पन्न होटल !

काठमाडौं । मानिसहरुका लागि मात्र नभई बिरालोका लागि पनि सुविधा सम्पन्न होटल खुलेको छ, भन्दा अनौठो लाग्न सक्छ । तर, इराकका एक विद्यार्थीले आफ्नो घरमा बिरालोका लागि लग्जरी होटेल खोलेका छन् ।इराकमा भेटेरिनरी चिकित्सा विषय अध्ययनरत अहमद तारेक मक्की नामक २२ वर्षीय एक विद्यार्थीले आफ्नो घरमा बिरालोका लागि सुविधा सम्पन्न होटेल खोलेका हुन् । यो होटेलमा बिरालो राख्न एक रातको चार डलर मूल्य तिर्नुपर्दछ ।साथै, बिरालोहरु खेल्नका लागि खेल मैदान पनि बनाइएकोछ ।

आफ्नो घरमा खोलेको यो बिरालो होटेलमा बिरालोहरुका लागि नरम ओछ्यान तथा मनपर्ने खानेकुरादेखि औषधि उपचारसम्म सबै सुविधाहरु उपलब्ध छन् । घर छाडेर कतै जानुपर्दा यो होटेलमा आफ्नो बिरालो छाड्न सक्ने हुदाँ यो बिरालो होटेल सञ्चालनपछि मानिसहरुमा बिरालो पाल्ने रुची पलाउने विश्वास, उनको छ ।बिरालो होटेल खुलेपछि इराकका पशुप्रेमीहरु खुसी छन् । यो होटलमा अब छिटै कुकुर र पंक्षीहरुका लागि पनि सेवाको व्यवस्था सुरु गरिने बताइएको छ ।