काठमाडौँमा जोरबिजोर प्रणाली र विद्यालय ब’न्द गर्ने तयारी

केही दिन यता काठमाडौँलगायत देशभर एकाएक बढेको प्र’दुषण बिहान र बेलुका झनै ख’तरनाक हुने गरेको पाइएको छ । हावाको ब’हावले गर्दा यस्तो हुने गरेको वा’तावरणविद्हरुको भनाइ छ ।आजको नागरिक दैनिकमा समाचार छ ।

‘बिहान र राति जमिनको सतहमा रहेको हावा माथि जान्न तर दिउँसो अलिअलि बतास चल्छ र सतहको हावा माथि जान्छ,’ वातावरणविद् तथा वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले भने, ‘त्यसैले दिउँसोको तुलनामा बिहान बेलुका प्रदुषण झनै ख’तरनाक हुन्छ ।’

विभागले बिहान र बेलुका झनै सचेत हुन सर्वसाधरणलाई आ’ग्रह गरेको छ । बिहान पख केही दिनसम्म प्रा’तकालीन पद यात्रा नगर्न पनि वातावरणविद्हरुले सल्लाह दिएका छन् । विभागका अनुसार शनिबारको तुलनामा आइतबार प्र’दुषणमा थोरै सामान्य सुधार भए पनि आइतबारको प्रदुषण पनि मानव स्वास्थ्यका लागि अत्यन्त घातक छ ।

सोमबारसम्म प्रदुषणमा सुधार नआए विभागले सरकारलाई केही क’दम चाल्न सुझाव दिने तयारी गरेको छ । प्रवक्ता जोशीका अनुसार सोमबारदेखि सवारीसाधनमा जोर बिजोर प्रणाली लागु गर्न, स्कूल कलेज ब’न्द गर्न जस्ता सुझाव दिने तयारी विभागले गरेको छ ।