टीका किन लगाउने, यस्तो छ वैज्ञानिक महत्त्व

नेपालमा हरेक दिन कुनै न कुनै चाडपर्वहरू परिरहेका हुन्छन् । धर्म,संस्कृति र संस्कार मान्ने हरेक मानिसले प्रसादका रूपमा टीका लगाएर आशीर्वाद दिने र लिने परम्परा सदियौँ देखि हालसम्म यथावत् रूपमा चलिआएको छ ।वैज्ञानिकहरूले पछिल्लो पटक टीका लगाउने विषयमा गहिरो अनुसन्धान पनि गरिएका छन् ।

हाम्रो निधारको बिच भागमा अज्ञान चक्र हुन्छ जसलाई इडा,पिंगला तथा सुषुम्ना नाडीको सङ्गम बिन्दु पनि मानिन्छ ।टीका जहिले पनि “आज्ञा चक्र”मा लगाउने गरिन्छ जसलाई हाम्रो चेतनाको केन्द्र पनि भनेर भन्ने गरिन्छ। वैज्ञानिक दृष्टिकोणले पनि चन्दनको टीका लगाउनाले मस्तिष्कलाई शान्ति, एकाग्रता तथा शीतलता प्राप्त भइरहने एक अनुसन्धानका क्रममा पुष्टि पनि भइसकेकाे छ ।

जसको कारणले दिमागमा सेराटाेनिन र बीटाएंडाेरफिन नामक रसायनलाई सन्तुलनमा राख्न मद्दत गरिरहन्छ । प्राचीन कालदेखि नै बिहानको समयमा विशेष गरी आफ्ना कुल,पितृ तथा इष्ट देवको पूजा आराधना गरेर प्रसादका रूपमा टीका लगाउने परम्परा सनातन देखि नै चल्दै आएको छ ।

टीका लगाएपछि सिरमा हात राखेर आशीर्वाद दिँदा सकारात्मक ऊर्जा हाम्रो शिरमा एकत्रित होस् र सधैँभरि सकारात्मक ऊर्जाका कारणबाट हाम्रो सोच,बिचार, बुद्धि सदैव सकारात्मक रहिरहन मद्दत पुग्ने शास्त्रमा उल्लेख गरिएको छ ।पछिल्लो समयमा विदेशीहरूले पनि निधारमा टिका लगाएर हिँड्न थालेका छन् । नेपालमा हिन्दु परम्परामा विवाह गर्ने प्रचलन पनि बढिरहेको एक अनुसन्धानले देखाएको छ ।