कोटेश्वरस्थित व्यापारीको घरमा दाहाल–नेपालको भेट

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच आज पनि भेटवार्ता भएको छ ।कोटेश्वरस्थित व्यापारी टपेन्द्र तिम्सिनाको घरमा आज पनि भेटवार्ता भएको थियो ।

भेटवार्ता केहीबेरअघि सकिएको छ । यसअघि अध्यक्ष प्रचण्ड र नेता नेपालबीच कोटेश्वरमै चन्द्रलाल श्रेष्ठको घरमा भेटवार्ता भएको थियो । २३ फागुनमा अदालतले नेकपा एकता बदर गर्दै पूर्वघटकलाई पूर्ववत् पार्टीमा फर्काउने निर्णय गरेयता उनीहरू नियमित संवादमा छन् ।

२३ फागुनको अदालतको निर्णयबाट असन्तुष्ट उनीहरू पुनरावलोकनमा जाने विषयमा पनि परामर्शमा छन् । फागुन २३ गते सर्वोच्च अदालतले नेकपा खारेज गर्ने फैसला गरेर माओवादी केन्द्र र एमाले ब्यूतिएपछि उनीहरुको यो पाँचौँ भेट हो।