‘शिक्षण संस्था ब’न्द भए पनि परीक्षा रोकिँदैन’ – शिक्षा मन्त्रालय

काठमाडौं : सरकारले देशभरका सबै शैक्षिक संस्था चार दिनसम्म ब’न्द गर्ने निर्णय गरे पनि परीक्षा भने नरोकिने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै वायु प्रदूषणका कारण भन्दै चार दिन शैक्षिक संस्था ब’न्द गर्ने निर्णय गरेको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार एक प्रेस विज्ञप्ति जारी गरेर मंगलबारबाट वातावरण प्रदूषणका कारण चार दिनसम्म शैक्षिक संस्था ब’न्द गर्ने निर्णय भए पनि परीक्षा यथावत सञ्चालन हुने जानकारी दिएको हो। ‘पूर्व-निर्धारित कार्यतालिका अनुसार परीक्षा सञ्चालन गरिरहेका विद्यालयहरू तथा उच्च शिक्षा प्रदायक शिक्षण संस्थाहरुको स्वास्थ्य स’जगता अपनाउँदै परीक्षाका कार्यक्रमहरू सञ्चालन गर्न सक्नेछन्’ विज्ञप्तिमा भनिएको छ।

त्यस्तै सरकारले वायु प्रदूषणलाई मध्यनजर गरी सबै शैक्षिक संस्था चार दिनका लागि बन्द गर्ने निर्णय लिएपछि त्रिभुवन विश्वविद्यालयले पठनपाठन ब’न्द गर्ने भएको छ ।त्रिवि रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले एक सु’चना जारी गर्दै विद्यालयको सम्पुर्ण पठनपाठन बन्द गरिने जानकारी गराएको छ ।

त्रिविले पुर्व निर्धारित कार्यतालिका अनुसार संचालन गरिरहेको परीक्षा भने जा’री रहने जानकारी दिएको छ ।पछिल्लो समय देशभर वायु प्र’दूषण ब’ढेकाले विद्यार्थीको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै सरकारले ४ दिन विद्यालय बि’दा दिने निर्णय गरेको थियो । सरकारको निर्णयपछि चैत १७, १८, १९, २० गते शिक्षण संस्था बन्द हुने भएका छन् ।