वृद्धभत्ता बढाउने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् ।मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घो’षणा गरेका हुन् ।

ओलीले भने, ‘सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढ्छ । यो सुन्दा मान्छेहरूलाई अर्को छ’ट्पटी शुरू होला । कसैलाई आपत्ति लाग्छ भने लागोस् । कसैलाई नि’द्रा लाग्दैन भने नलागोस् ।’ त्यस्तै ओलीले नेपाल कम्युनिष्ट पार्टीको एकता भं’ग गर्ने अदालतको नि’र्णयप्रति गरिएको पुनरावलोकनलाई लिएर प्रचण्डको आ’लोचना गरेका छन् ।

पार्टी एकता पहिल्यै भंग भइसकेकाले अदालतले पार्टी फु’टाएको भन्नु नै ग’लत हुने उनको टिप्पणी छ ।रिपोर्टर्स क्लवको वार्षिकोत्सव कार्यक्रममा बोल्दै ओलीले अदालतले गरेको फै’सलाको ब’चाउ गरे ।उनले भने, ‘तपाईंहरूले एउटा क्ला’समा जाँ’च दिएर फे’ल भएपछि उही क्ला’समा फ’र्किनुहुन्छ नि ।

अदालतले हाम्रो द’र्ता खा’रेज भयो भनेपछि पहिलेकै ठाउँमा आयो । आदालतले नि’र्वाचन आयोगलाई १५ दिनको म्या’द देउ भनेको थियो । नयाँ नाम लिएर फेरि एउटै पार्टी बनाउन सकिन्थ्यो नि ? एकता गर्नै खोजेको हो भने नयाँ नाम लिएर जाँदा हुन्थ्यो ।’उनले पुनः एकताको विषयमा कुरा गर्न आफूले प्रचण्डलाई फोन गरेको बताए ।

ओलीले भने, ‘मैले प्रचण्डजीलाई फोन गरेँ । पार्टी अलग-अलग भयो । हामी बसेर कुरा गरौं भने । उहाँले केन्द्रीय समितिको वैठक छ, सकिएपछि फोन गर्छु भन्नुभयो । एकछिनपछि अनलाइनमा आयो, ‘ओलीले फोन गरेका थिए, मैले भेट्न मन छैन भनेर टार्दिएँ । उहाँले यसमा अ’खबारवा’जी गर्नुभयो ।’

ओलीले नेकपाको एकता सर्वोच्चको फै’सला अघि नै तोडिएको बताए ।‘एकता बाँकी थियो र अदालतले भंग गर्ने ? जहाँ अध्यक्षलाई दलको नेताबाट, पार्टीको साधारण सदस्यबाट समेत ह’टाइन्छ, त्यहाँ एकता थियो भनेर ढाँ’ट कुरा गर्ने ? तैपनि मैले कुरा गर्नलाई फोन गरेँ ।

उहाँले मजाक बनाएर अ’खबारवाजी गर्नुभो । अहिले एकताको कुरा गर्दै हुनुहुन्छ । दिँदा नखाने राति गएर को’ल चा’ट्ने ?’ओलीले प्रचण्डको स्वार्थका पछाडि देश सती जान नसक्ने बताए । प्रचण्डसँग आधा-आधा प्रधानमन्त्री चलाउने पूर्वसहमति प्रचण्डले नै च्या’तेको बताए ।