ट्रायल मा’पदण्ड परिवर्तन हुदै : ६० प्रतिशत ल्याए पास, गल्ती बढ्दै जाँदा नम्बर घ’ट्ने

सवारी चालक अनुमति पत्रको मा’पदण्ड परिवर्तन हुने भएको छ। मा’पदण्ड परिवर्तन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट सै’द्धान्तिक सहमति प्राप्त भएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए।

विभागले पुसमा कार्यविधि संशोधन गर्न मन्त्रालयलाई प्रस्ताव पेश गरेको थियो। ‘हामीलाई मन्त्रालयबाट सै’द्धान्तिक सहमति प्राप्त भएको छ। अब कार्यवि’धि सं’शोधन गर्छौं,’ उनले भने। उनका अनुसार कार्यविधि सं’शोधनको ड्रा’फ्ट तयार भई स्वीकृतको प्रक्रियामा छ।

का’र्यविधि सं’शोधन भएपछि सानो गल्तीले ट्रायल फेल नहुने विभागका महानिर्देशक घिमिरेले बताए। ‘पहिले ट्रायल पास वा फेल मोडल थियो। अब पास वा न्यु’मेरिकल भ्या’लुबाट मुल्यांकन हुन्छ,’ उनले भने। अहिलेसम्म ट्राफिकले सि’ट्ठी फु’केर बोलाएपछि ट्रायल दिन गइन्थ्यो भने अब सवारी सा’धन चलाउनुभन्दा अगाडि के–के कुरामा ध्यान दिनुपर्छ त्यो पनि हेरिने उनले बताए।

‘कुनै पनि सवारी साधन चलाउँदा डिजेल वा पेट्रोल छ, छैन, ब्रे’कको अवस्था, हे’लमेट ल’गाउनुपर्ने लगायत आधारभुत कुरामा ध्यान दिनुपर्छ। अब ट्रा’यलमा त्यो पनि समावेशमा हुन्छ,’ उनले भने। उनले अगाडि थपे, ‘कुन–कुन कुरा पुरा गर्नै पर्छ र कुन कुरा पुरा नगर्दा पनि हुन्छ त्योअनुसार नम्बर राखिन्छ।’

उनका अनुसार सुरूमा सबैलाई १ सय अंक नै दिइन्छ। त्यसपछि गल्ती गर्दा नम्बर का’टिंदै जान्छ। ६० प्रतिशतभन्दा कम अंक ल्याउने ट्रा’यल फेल हुन्छ भने सो सम्मको अंक ल्याउने ट्रायल पास हुन्छ। राम्रोसँग सवारीसाधन चलाउन जान्नेहरू पनि सामान्य गल्तीमा फेल हुँदा बि’चौलियाकहा जाने स’मस्या देखिएकाले यसप्रकारको मा’पदण्ड ल्याउन लागिएको उनले बताए।

उनका अनुसार ट्रायलका विभिन्न चरण अंकका आधारमा पास–फेल नि’धो गरिनेछ। ट्रायल सुरूवातकै ‘एट (८)’ मा छि’रेदेखि ट्रायल पूरा गरेर न’निस्किउञ्जेलसम्म विभिन्न प्या’रामिटरमा अंक बाँ’डिनेछ। ‘अहिले हे’ल्मेटको लक न’लगाए पनि ट्रायल फे’ल हुने नि’यम छ। अब भने त्यसमा पनि निश्चित अंक पाउनेछन्। त्यस्तै ८ क’टाएको निश्चित अंक हुनेछ। यस्तै–यस्तै विभिन्न प्या’रामिटर हुनेछन्,’ उनले भने।

ट्रा’यलका सानातिना क’डा निय’म अलि खुकुलो बनाउन लागिएको उनको भनाइ छ। त्यस्तै, लिखित परीक्षाको ढाँचा पनि केही परिवर्तन हुने उनले बताए। ’५ सय वा एक हजार प्रश्नका सेट हामी सुरूमै सार्वजनिक गर्नेछौं। प्रश्न त्यहीँ भित्रबाट मात्रै सो’धिनेछन्,’ उनले भने, ‘तर यो तत्काल लागू हुँदैन। छलफलकै चरणमा छ। केही समय लाग्छ।’