जियाको साथमा अनमोलको जन्मदिन ?

अभिनेता अनमोल केसीको आज जन्मदिन । उनी आज आफ्नो २७ औं जन्मदिन मनाउँदैछन् । जन्मदिनमा उनलाई बाबु अभिनेता भुवनले शुभकामना दिँदै चाहना र सपना पुरा गर्न आशिर्वाद दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘प्यारो छोरा, तिम्रो जति उमेर बढेपनि हामीलाई जहिल्यै प्यारो र स्मार्ट लाग्छ । जन्मदिनको शुभकामना’

होस्टेल’बाट अभिनेताको रुपमा डेब्यु गरेका अनमोल पछिल्लो छिमलका लोकप्रिय अभिनेता हुन् ।अभिनेता पिता भुवन केसीकै कारणले फिल्ममा बालकलाकार हुँदै प्रवेश गरेका अनमोलको युवापुस्ता माझ राम्रो क्रेज छ ।

सन् २०१३ मा हेमराज विसी निर्देशित फिल्म ‘होस्टेल’ बाट अभिनेताको रुपमा डेब्यु गरेका अनमोलका ‘जेरी’, ‘गाजलु’, ‘ड्रिम्स’, ‘कृ’, ‘ए मेरो हजुर ३’ र ‘क्याप्टेन’ रिलिज भएका छन् । यीमध्ये धेरै फिल्म सफल र केही व्यवसायिक असफल पनि छन् ।

महँगो अभिनेताको रुपमा समेत परिचित उनी अहिले ‘ए मेरो हजुर ४’ को छायाँकनमा व्यस्त छन् । त्यसपछि उनले फिल्म ‘पारस’ अभिनय गर्ने चर्चा छ । उनी सार्वजनिक स्थानमा सितिमिति नदेखिने अभिनेता पनि हुन् ।