घाँस का’ट्न गएका ७ जना किशोरी स’म्पर्कविहीन

महोत्तरी । महोत्तरीको भं’गहाबाट ७ जना किशोरी स’म्पर्कविहीन भएका छन् । भं’गहा नगरपालिका–८ मा रहेको ध’र्मपुर टो’लका ७ जना किशोरी हिजो दि’उँसोदेखि स’म्पर्कविहीन भएका हुन् ।

हिजो दिउँसो झण्डै दुई बजे घाँस का’ट्न नि’स्केकी २० वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान, १२ वर्षीया रञ्जना पासवान र १२ वर्षीया सीमा पासवान अहिलेसम्म सम्पर्कमा नआएका उनीहरुका परिवारका सदस्यले बताएका छन् ।

ह’राएका सातै जना एउटै टो’लका हुन् । उनीहरु हराएको बारे प्रहरीमा खबर गरेको ज्योति पासवानका बुवा विष्णु पासवानले बताए । उनका अनुसार ‘घरबाट झण्डै एक किलोमिटरको दुरीमा रहेको पू’र्वपट्टीको चौ’रमा उनीहरूलाई घाँस का’ट्दै गरेको स्थानियवासीले देखेका थिए ।

उनीहरु समूहमै घाँस का’ट्न घर नजिकैको चौरमा दिउँसो गएको र साँझसम्म घर न’फर्किंदा खोजबिन सुरु गरेको भंगहा नगरपालिकाका मेयर सञ्जिव साहले बताए । महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले ह’राइरहेकाहरुको खोजीमा प्रहरी टोली ख’टाइएको जानकारी दिए ।