माधव नेपाल आ’क्रामक बनेपछि एमाले फु’टको नजिक

काठमाडौं, १८ चैत्र । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेभित्र सु’नामी ल्याउने नि’श्चितप्रायः भएको छ । उनले कठोर क’दम चाल्ने तयारी समेत गरेका छन। अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महिनाका लागि निलम्बनको निर्णय गरेपछि नेपाल आ’क्रा’मक रणनीति साथ प्रस्तुत हुन लागेका हुन् ।

नेपालले समानान्तर क’मिटी गठन गरिसकेका छन् । उनले छुट्टै घर भाडामा लिएर नयाँ कार्यालय समेत खोल्न लागेका छन् । त्यही घरबाट समानान्तर कमिटी चलाइने तयारी भएको छ । योसँगै एमाले विभाजित हुने नि’श्चितप्रायः भएको छ। यसअघि माधव नेपाल र भीम रावलमाथि १६ चैत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले कारबाहीको निर्णय गराएका थिए ।

त्यसलाई नेपाल समूहले अ’मान्य घोषणा गरेको थियो । योसँगै एमालेभित्र ट’कराव बढेको छ । यसैगरी, २८ फागुनमा ओलीले केन्द्रीय कमिटी बैठक डाकेर अध्यक्ष र महासचिवबाहेकका निर्वाचित पदाधिकारीनै खारेज गर्ने क’दम चालेका थिए। नेपाल र खनाल समूहले राष्ट्रिय कार्यकर्ता भेला डाकेर सानेपास्थित पार्टी प्यालेसमा भेला गरेका थिए।

भेलाले ओलीको राजीनामा माग्नेसम्मको प्रस्ताव बारे छलफल गरेको थियो । अहिले एमालेभित्र संसदीय दलमा जो’ड घटाउ चलिरहेको छ । संसदीय दलमा ओली समूहमा ८० जना रहेका छन् । नेपाल खनाल समूहमा ३५ को हा’राहा’रीमा छन् । बाँकी सांसद त’टस्थ भूमिकामा छन् ।