नाइजेरियाली सेनाको ‘अल्फा जेट’ विमानको ‘रा’डर’सँग सम्पर्क विच्छेद भएको वायुसेनाले बिहीबार पुष्टि गरेको छ। उक्त विमान स्थानीय समय अनुसार साँझ ५ बजेर ८ मिनेट जाँदा राडरसँगको सम्पर्कभन्दा बाहिर गएको नाइजेरियाली वायुसेनाका प्रवक्ता एडवर्ड गा’ब्वेटले पुष्टि गरेका छन्।
विमान नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोबाट सम्पर्कबाहिर पुगेको हो। विमानमा कति यात्रु रहेका थिए भन्नेबारे जानकारी प्राप्त भइसकेको छैन। विमान एक्कासी सम्पर्कबाहिर गएकोले कतिपय नाइजेरियाली सञ्चारमाध्यमले विमान दु’र्घटनाग्र’स्त भएको आशंका व्यक्त गरेका छन्।
विमान रहेको ठाँउ वा सम्पर्क गु’मेको सम्भावनाको कारण अझै पत्ता लगाइ नसकिएको प्रवक्ता गा’ब्वेटले जानकारी दिए। विमानले उत्तरपूर्वमा च’लिरहेको वि’द्रो’ह नियन्त्रणका लागि खटिएको सैनिक समूहको ब’न्दोव’स्तीका सामान लिएर गएको उनले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्