आज आइतबार कति छ विदेशी मुद्राको भाउ ? हेर्नुस् मुद्रा विनिमयदर ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतवार (आज) को लागि विभिन्न देशको विनिमयदर सार्वजनिक गरेको छ ।जसअनुसार एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११७ रुपैयाँ २८ पैसा रहेको छ ।

त्यस्तै यूरोपियन यूरोको खरिददर १३७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३८ रुपैयाँ १७ पैसा कायम भइ कारोबार भइरहेको छ ।राष्ट्र बैंकका अनुसार एक कतारीयन रियलको खरिददर ३२ रुपैयाँ ५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५१ पैसा रहेको छ ।नेपालका वाणिज्य बैंकहरूमा अहिले लगानीयोग्य पुँजीको अभाव छैन ।

बैंकहरूले पर्याप्त निक्षेप सङ्कलन गरेका कारण यस्तो सहज अवस्था सिर्जना भएको हो। तर, धेरै भन्दा धेरै निक्षेप सङ्कलन गरेर आफ्नो वित्तीय कारोबारलाई फैलाउने सनातन होडबाजी भने कायम नै छ ।पछिल्लो महिना सर्वाधिक निक्षेप सङ्कलन वृद्धिदर हासिल गर्न सानिमा बैंक सफल बनेको देखिएको छ ।

तथ्याङ्क अनुसार फाल्गुन महिना अर्थात् सन् २०२१ फेब्रवरी मध्यदेखि मार्च मध्य सम्ममा निक्षेप संकलन वृद्धि गर्नेमा सानिमा बैंक पहिलो बनेको हो । सो बैंकले अघिल्लो महिनाको तुलनामा ५.९२ प्रतिशत निक्षेप बढाएको हो ।त्यसै गरी, दोस्रोमा ५.१९ प्रतिशत वृद्धि सहित सेन्चुरी बैङ्क छ भने तेस्रोमा रहेको सनराइजले ४.४९ प्रतिशतको निक्षेप वृद्धि यो अवधिमा गरेको देखिएको छ ।

आठ वटा वाणिज्य बैंकहरूको भने निक्षेप सङ्कलन यो अवधिमा ऋणात्मक देखिएको छ । यो सूचिको सबैभन्दा तल अर्थात् २७ औँ नम्बरमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । जसको वृद्धिदर ऋणात्मक २.३६ प्रतिशत छ । समग्रमा सबै बैंकहरूको निक्षेप सङ्कलन १.०२ प्रतिशतले बढेको देखिएको छ ।

दोस्रो नम्बरमा सनराइज बैंक, तेस्रोमा एनआइशी एसिया बैंक, चौथो सिभिल, पाचौमा माछापुच्छे बैंक रहेका छन् । त्यस्तै, छैटौ नम्बरमा प्राइम कमर्शियल, सिद्धार्थ बैं, ग्लोबल आइएमई बैंक, बैंक अफ काठमाण्डू, एनसीसी बैंक, सिटिजन बैंक, मेगा बैंक, स्ट्याण्डर्ड चार्टर्ड रहेका छन् । त्यस्त, क्रम प्रभु बैंक, एनएबि बैंक, हिमालयन बैंक, कृषि विकास बैंक, नबिल बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, राष्टिय बाणिज्य बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक रहेका छन् ।