अष्ट्रेलियामा यो हदसम्मको अ’पमान ( तस्बिरसहित )

काठमाडौं। अमेरिकामा एसियाली मूलका मानिसहरुलाई आक्रमणको निशाना बनाउने क्रम बढेको भन्दै चिन्ता व्यक्त गरिएको बेला अस्ट्रेलियामा समेत एसियालीहरुलाई अपमान गरिएको घटना सार्वजनिक भएको छ । यहाँको एक रेष्टुरेण्टले ग्राहकका लागि जारी गरेको बिलमा ग्राहकको नाम वा टेबल नम्बरको ठाउँमा ग्राहकहरुलाई ‘दुई जना दिक्क पार्ने एसियाली’ भनेर सम्बोधन गरिएको छ ।

रेष्टुरेण्टका कर्मचारीले यस्तो सम्बोधनसहित जारी गरेको बिलको फोटो शेयर गर्दै रेष्टुरेण्टका म्यानेजरले यस्तो बिल जारी गर्ने आफ्ना कर्मचारीको प्रशंशा गरेपछि यसको तीब्र आलोचना भइरहेको छ । ब्रिस्बेनमा रहेको यो रेष्टुरेण्टका डिनरका लागि गएका एसियाली जोडीको लागि जारी गरिएको बिल सेयर गर्दै म्यानेजरले ‘ओह माइ गड, म मेरा स्टाफलाई मन पराउँछु’ लेखेपछि यसको तीब्र आलोचना भएको हो ।

सामाजिक संजालमा यो व्यवहार गैरव्यवसायिक र असान्दर्भिक भएको भन्दै यस्ता क्रियाकलाप रोक्नु म्यानेजरको दायित्व भएको र उनले दायित्व पूरा गर्न नसकेको भनेर आलोचना भएपछि म्यानेजरले यो केवल मजाक मात्र भएको बताएका थिए । डेलीमेल अस्ट्रेलियासँग कुरा गर्दै ती म्यानेजरले आफूलाई यो घटनाप्रति पछुतो भएको बताए । ‘यो घटनाबाट भएको गल्ती र पुगेको चोटप्रति म व्यक्तिगत रुपमा माफी चाहन्छु’ उनले भने ।

यसअघि अर्को एक रेष्टुरेन्टले पनि यस्तै किसिमको अपमानजनक मेनु जारी गरेपछि ठूलो विवाद भएको थियो । जापानिज इटरी नोबुङगा याकितोरी नामको त्यो रेष्टुरेन्टले ‘वुहान बर्गर’ र ‘चमेराको पखेटा’ जस्ता परिकार मेनुमा राखेपछि तीब्र विवाद भएको थियो ।