सुन तस्करीको नयाँ तरिका : फ्लाई दुबईबाट आएकाले कुकरमा हालेर ल्याए ८ सय ८४ ग्राम सुन

काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ८४ ग्राम सुनसहित एक पक्राउ परेका छन् । भन्सार जाँचका क्रममा प्रहरीले फ्लाई दुबईबाट आएका धनुषाका प्रसाग महरा नाम गरेका व्यति उक्त सुनसहित पक्राउ परेको विमानस्थल प्रहरीले जनाएको छ ।

उनले खाना पकाउने राईस कुकरमा सुन हालेर नेपाल ल्याएका थिए ।विमानस्थल प्रहरीका अनुसार कुकर निर्माण भएको कम्पनीमै उक्त सुन फिट गरिएको हुनसक्ने आनुमान गरिएको छ । सामान्य तरिकाले नदेखिएको सुन एक्सरे मेशिनबाट मात्रै पत्ता लागेको प्रहरीको भनाइ छ ।

पक्राउ परेका महराको स्थायी ठेगाना धनुषाको मिथिला नगरपालिका रहेको खुलेको छ । उनको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।थप समाचार –‘शेयर कारोबार अनलाइन भएपछि सहज होला भनेको त झन् हैरान पो थपियो’, एक जना विदेशमा बसेका नेपाली लगानीकर्ताले गुनासो गरे ।

दिपक बस्नेत ओखलढुङ्गा निवासी हुन्। उनी हाल दक्षिण कोरियामा छन्। उनले आफूसँग भएको रकमलाई नेपालको पुँजी बजारमा लगानी गरिरहेका छन् । बस्नेतले कोरियामा आफ्नो व्यस्तता अति नै हुने भएकोले भएकाले थोरै समय निकालेर नेपालको पुँजी बजारमा लगानी गर्ने गरेका छन्।

तर, अनलाइन कारोबार भएपछि उनले झन् समस्या भोगेको बताए।अनलाइनबाट कारोबार गर्न अनलाइन प्रणालीमा देखिएको समस्याका कारण कारोबार झन्झटिलो भएको उनको गुनासो छ। ‘कारोबार भइहाल्यो भने पनि कारोबार रकम राफसाफमा मेरो शेयरमा देखिएको समस्याका कारण ब्रोकरले सधैँ इडिआइस किन नगरेको भन्दै गाली गर्छन्’ उनले तितो अनुभव पोख्दै गुनासो सुनाए ।

शेयर कारोबार गरिसकेपछि एक दिनमा राफसाफका लागि शेयर बेच्नेले इडिआइस गर्नु पर्ने नियम रहेको छ तर, मेरो शेयरको प्रणालीमा आएको समस्याका कारण एक दिन त के दुई दिनसम्म पनि प्रणाली नखुल्ने गरेको उनको अनुभव छ ।त्यसो त, विदेशमा रहेका लगानीकर्ताको मात्र समस्या होइन नेपालमै रहेका ‘पकेट मनी’ होला भनेर शेयर बजारमा लगानी गरेका र साधारण शेयर पारेका रवि बानियाँको समस्या पनि उस्तै छ ।

उनले आईपीओमा पारेको एक कम्पनीको शेयर बेचेको दुई दिन भयो तर, इडिआइस गर्न सकेका छैनन् । ब्रोकर कम्पनीले फोन गरेर अब फाइन लाग्छ भनेर डर देखाउन थालेको उनले सुनाए । विद्यार्थी भएकाले अब शेयर बेचेर खर्च चलाउने सोचमा रहेका उनी इडिएस गर्न नपाउँदा आउन लागको पैसा पनि नआउने पो हो कि भन्ने पिरोलोमा छन्।