काठमान्डौ उपत्यकामा १६३ जनालाई कोरोना पुष्टि

काठमाडौं- पछिल्लो २४ घन्टामा काठमान्डौ उपत्यकामा १६३ जनालाई कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमान्डौमा १३२ जना , भक्तपुरमा ५ जना र ललितपुरमा २६ जना गरि जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा ३३९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४१०० जनाको पीसीआर परीक्षण भएकोमा ३३९ जनालाई संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार पीसीआरबाट २९८ र एन्टीजेन परीक्षणमा ४१ जनालाई संक्रमण पुष्टि भएको हो ।

देशभर २ हजार २०१ सक्रिय संक्रमित रहेका छन् । यसमध्ये संस्थागत आइसोलेसनमा ७६० र होम आइसोलेसनमा १ हजार ७४१ जना रहेका छन् । ६५ क्वारेन्टिनमा रहेका छन् भने ६५ जना आइसीयू र १३ भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।पछिल्लो २४ घण्टामा ७४ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।