राति ९ बजेपछि व्यवसाय बन्द गर्न सरकारको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमणका घटना बढ्दै गएको भन्दै सर्तकता अपनाउन आग्रह गरेको छ। मन्त्रालयमा आज बसेको बैठकले विद्यालयहरुमा उच्च सावधानी अपनाउन अपील गरेको छ।

यस्तै, देशभर कोरोना संक्रमणको जोखिम बढेसँगै मन्त्रालयले राति ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गराउन अनुरोध गरेको छ। नेपालमा पछिल्लो २४ घण्टामा ३३९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४१०० जनाको पीसीआर परीक्षण भएकोमा ३३९ जनालाई संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआरबाट २९८ र एन्टीजेन परीक्षणमा ४१ जनालाई संक्रमण पुष्टि भएको हो । देशभर २ हजार २०१ सक्रिय संक्रमित रहेका छन् । यसमध्ये संस्थागत आइसोलेसनमा ७६० र होम आइसोलेसनमा १ हजार ७४१ जना रहेका छन् । ६५ क्वारेन्टिनमा रहेका छन् भने ६५ जना आइसीयू र १३ भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा ७४ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।त्यस्तै पछिल्लो २४ घन्टामा काठमान्डौ उपत्यकामा १६३ जनालाई कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमान्डौमा १३२ जना , भक्तपुरमा ५ जना र ललितपुरमा २६ जना गरि जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।