एमाले बनेपछि सांसद पद गुमाएका न्यौपानेले फिर्ता गरे संसदको गाडी

लुम्बिनी प्रदेश सभा सदस्य तथा अर्थ, उद्योग, पर्यटन समितिका सभापति दधिराम न्यौपानेले सरकारी सुविधाको गाडी फिर्ता गरेका छन् ।सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि एमालेमा लागेका न्यौपाने र अर्का प्रदेश सभा सदस्य दिनेश पन्थीलाई माओवादीले कारवाही गरेको थियो ।

कारवाहीपछि प्रदेश सभा सदस्य नरहेका न्यौपानेले संसदीय समितिको सभापतिको हैसियतमा लिएको लु १ झ ४४९ नम्बरको गाडी र एउटा स्ट्यान्ड पंखा संसद सचिवालयलाई फिर्ता गरेका हुन् । सांसद पदबाट हटेको भोलिपल्टै उनले गाडी फिर्ता गरेका हुन् ।

सांसदबाट हटेपछि सरकारी सुविधा लिनु आवश्यक नभएको भन्दै उनले बुधबार बिहान १० बजे गाडीको साँचो संसद सचिवालयलाई हस्तान्तरण गरेका हुन् । न्यौपाने अब एमालेको केन्द्रीय सदस्यमात्र रहनेछन् ।