नुवाकोटको पञ्चकन्या गाउँपालिकाको पुरानोडाँडास्थित २ नम्बर वडा कार्यालय भवनबाट नगद ५३ लाख २१ हजार ८ सय ५६ रुपैयाँ चोरी भएको छ। प्रहरीका अनुसार सो वडा कार्यालयबाट ३२ इन्चको एकथान सीसीटीभीको मनिटर पनि गएराति चोरी भएको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोट र इलाका प्रहरी कार्यालय पञ्चकन्याबाट खटिएको टोलीले चोरीमा संलग्न व्यक्तिहरूको खोजी गर्नुको साथै थप अनुसन्धान गरिरहेको छ। त्यस्तै नुवाकोट शिबपुरी गाउँपालिकाको आयोजनामा भएको प्रथम शिबपुरी अध्यक्ष गोल्ड कपको उपाधी बिदुर नगरपालिकाले जित्न सफल भएको छ ।
बुधवार सम्पन्न नुवाकोट जिल्ला स्तरीय पहिलो शिवपुरी अध्यक्ष कप प्रतियोगितामा विदुर प्रथम भएको हो भने घरेलु टीम शिवपुरी गाउँपालिका दोश्रो स्थानमा चित्त बुझाएको छ ।खेलको १६ मिनेटमा विदुर नगरपालिकाका जर्सी नम्बर ११ का आकाश रानामगरले पहिलो हाफमा दुई गोल गोल गरेका थिए भने उनै खेलाडी मगरले दोस्रो हाफ अन्तर्गत ४८ औ मिनेटमा तेस्रो र ५८ औं मिनेटमा चौथो गोल गरी म्यान अफ द म्याच बन्न सफल भएका थिए।
शिवपुरीका तर्फबाट जर्सी नम्बर ७ का खेलाडी आशिष थापाले खेलको ४३ औं मिनेटमा १ गोल गरेका थिए। यो जित संगै बिदुर नगरपालिकाले ६ लाख सहित ट्रफी , मेडल तथा शिबपुरीले ४ लाख सहित ट्रफी हात पारेको छ । सुर्यगढीलाई हराएको किस्पाङ गाउँपालिकाले तेस्रो हुँदै २ लाख हात पारेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्