सतर्कता अपनाऊँ, समयमै सचेत बनौँ, आ’तंकित होइन

काठमाडौँ । सरकारले कोरोनाको दोस्रो लहरले जो’खिम नि’म्त्याउन लागेको भन्दै बढी भीड हुने क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको कोभिड-१९ सम्बन्धी नियमित अपडेटमा इ’पिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्ण पौडेलले यस्तो बताएका हुन्।

पौडेलले सार्वजनिक यात्रुवाहक सवारी साधनले पनि अब सामाजिक दूरी कायम गर्न जरुरी भइसकेको उनले बताए। ‘कोरोनाको दोस्रो लहरसँगै आएका तीव्र गतिमा फैलिने नयाँ भे’रियन्टले जो’खिम बढाएको छ। सार्वजनिक सवारीसाधनहरूले सतर्कता अ’पनाउनुहोला ।

सवारीसाधनमा यात्रु बोक्दा अब एक सिट खाली गरेर चलाउनु राम्रो हुनेछ। महामारी आउनुअघि नै सतर्कता अपनाऊँ, समयमै सचेत बनौँ, आ’तंकित होइन।’ पौडेलले सार्वजनिक स्थानमा सामाजिक दुरी कायम गर्न पनि आग्रह गरे। ‘सार्वजनिक स्थानमा सामाजिक दूरी कायम गरौँ।

अनावश्यक भी’ड नगरौँ, बढी जो’खिम क्षेत्रमा नजाने गरौँ’, उनले भने, ‘समयमै यी क्षेत्रमा क’डाइ नगरेर भोलि अवस्था वि’कराल भएर लकडाउन गर्नुपर्छ। मन्दिर लगायत क्षेत्रमा पनि नियम पालना गराऊँ, सामाजिक दूरी र स्वास्थ्य मा’पदण्ड कायम गरेर मात्रै दर्शन गर्ने व्यवस्था गरौँ।’