भारतमा कोरोनाको ड’रलाग्दो रूप , एकैदिन थपिए १ लाख २६ हजारभन्दा बढी संक्रमित

काठमाडौं– भारतमा एकै दिन हालसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन्। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार एकै दिनमा १ लाख २६ हजार ३१५ जनामा कोरोना संक्रमण देखिएको हो। यो पछिल्लो २४ घण्टामा भेटिएको संसारमै सबैभन्दा बढी हो।

गत २४ घन्टामा ब्राजिलमा ९० हजार र अमेरिकामा ७५ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड २९ लाख २६ हजार ६१ पुगेको छ। भारतमा हाल सक्रिय संक्रमितको संख्या ९ लाख १० हजार २६२ रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा ६८४ जनाले ज्यान गु’माएसँगै भारतमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या १ लाख ६६ हजार ८९२ पुगेको बताइएको छ। अघिल्लो साता भारतले दैनिक संक्रमणमा ब्राजिल र अमेरिकालाई पछि पारेको थियो। बुधबार ब्राजिलमा ९० हजार र अमेरिका ७५ हजार मानिसमा कोरोना संक्रमण भएको छ।

भारतका महाराष्ट्र, गु’जरात, राजस्थान, उत्तर प्रदेश, पश्चिम बंगाल, क’र्नाटका, मध्य प्रदेश, केरला र बिहार राज्यमा अहिले संक्रमण ती’व्र रूपमा फैलिरहेको छ। कोरोनाको दोस्रो लहर नियन्त्रणभन्दा बाहिर जान था’लेपछि महाराष्ट्र र दिल्लीमा रा’त्रिकालीन क’र्फ्यू घो’षणा गरिएको छ।