भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगाए कोरोनावि’रुद्धको खोपको दोस्रो डो’ज

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसवि’रुद्धको खोपको दोस्रो डो’ज लगाएका छन् ।मोदीले बिहीबार खोपको दोस्रो डो’ज लगाएको आफ्नो ट्वीटरमार्फत जानकारी गराएका छन् ।

पहिलो डो’ज मार्च १ मा लगाएका मोदीले नयाँ दिल्लीस्थित अल इन्डिया इ’न्स्टिट्युट अफ मेडिकल सा’इन्समा पुगेर दोस्रो डो’जको खोप लगाएका हुन् । उनले भारत मै उत्पादित को’रोनावि’रुद्धको खोप को’भ्याक्सिन लगाएका हुन् ।कोरोनालाई ह’राउने कम तरिकामध्ये एक खोप रहेको भन्दै उनले खो’प लगाउन योग्य सबैले खो’प लगाउन पनि अनुरोध गरेका छन् ।

भारतमा अहिले कोरोना महामारीको दोस्रो लहर च’लिरहेको छ । भारतमा कोरोनाको दोस्रो लहर पहिलो लहरभन्दा निकै ख’तरनाक देखिएको छ । भारतमा दैनिक संक्रमित हुनेको संख्या एक लाख ना’घेको छ ।भारतमा एकै दिन हालसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन्।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार एकै दिनमा १ लाख २६ हजार ३१५ जनामा कोरोना संक्रमण देखिएको हो। यो पछिल्लो २४ घण्टामा भेटिएको संसारमै सबैभन्दा बढी हो।गत २४ घन्टामा ब्राजिलमा ९० हजार र अमेरिकामा ७५ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड २९ लाख २६ हजार ६१ पुगेको छ।

भारतमा हाल सक्रिय संक्रमितको संख्या ९ लाख १० हजार २६२ रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा ६८४ जनाले ज्यान गु’माएसँगै भारतमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या १ लाख ६६ हजार ८९२ पुगेको बताइएको छ। अघिल्लो साता भारतले दैनिक संक्रमणमा ब्राजिल र अमेरिकालाई पछि पारेको थियो।

बुधबार ब्राजिलमा ९० हजार र अमेरिका ७५ हजार मानिसमा कोरोना संक्रमण भएको छ। भारतका महाराष्ट्र, गु’जरात, राजस्थान, उत्तर प्रदेश, पश्चिम बंगाल, क’र्नाटका, मध्य प्रदेश, केरला र बिहार राज्यमा अहिले संक्रमण ती’व्र रूपमा फैलिरहेको छ। कोरोनाको दोस्रो लहर नियन्त्रणभन्दा बाहिर जान था’लेपछि महाराष्ट्र र दिल्लीमा रा’त्रिकालीन क’र्फ्यू घो’षणा गरिएको छ।