‘वाध्य भएर ठप्प पार्ने अवस्था आउँछ’: प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको सम्भावना औल्याएका छन् । आज राजधानीमा आयोजित नेपाल चेम्बर अफ कमर्शको ७० औं वार्षिक साधारण सभामा बोल्दै उनले वा’ध्य भएर देश नै ठप्प पार्ने अवस्था आउनसक्ने बताएका हुन् ।

‘वाध्य भएर ठप्प पार्ने अवस्था आउँछ,’ ओलीले भने,‘कोरोना भाइरसको जो’खिम बढेकाले सा’वधानी अपनाउनुपर्छ ।’ उनले कोरोना भाइरसलाई कुनै मौका न नदिनुपर्ने अवस्थामा पुगेको बताए ।भारतमा कोरोना भाइरसको संक्रमण भ’यावह बन्दै गएकाले नेपालमा पनि त्यस्तो खतरा बढ्न नदिन सचेतना अपनाउन आग्रह गरे ।

उनले भने,‘सीमा खुल्ला छ भयावह अवस्था हुनसक्छ, त्यसैले सा’वधानी अपनाउनैपर्छ ।’पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले सचेतना अ’पनाउन सूचना जारी गरिरहँदा प्रधानमन्त्री ओलीको पछिल्लो भनाई सार्वजनिक भएको हो ।