संसदमा आएर बहस गर्न प्रधानमन्त्रीलाई गगन थापाको चु’नौती

काठमाडौँ — प्रमुख प्रतिपक्षी दलका सांसद गगनकुमार थापाले सरकारले गरेका कामलाई लिएर संसद्मा बहस गर्न आउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चु’नौती दिएका छन् ।प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारले विगतमा प्रस्तुत गरेका योजनाका पुस्तक देखाउँदै सांसद थापाले प्रधानमन्त्रीलाई संसद्मा आएर बहस गर्नका लागि निम्तो र चु’नौती दिएका हुन् ।

प्रधानमन्त्रीले बाहिर ‘मि’थ्यांक प्रस्तुत गर्दै’ मुलुकमा सरकारले राम्रा काम गरेको र समृद्धि भएको भन्ने भाषण गर्ने गरेको भन्दै थापाले तथ्यांकमा टेकेर संसदमा बहस गर्न आउन चु’नौती दिएका हुन् ।’मैले यहाँ उभिएर कुनै कु’ण्ठा पोखेको होइन । यो नेपाल सरकारले लेखेको पुस्तक हो । यो पुस्तकमा टेकेर बहस गर्न तयार छु ।

तथ्य र तथ्यांकमा टेकेर बहस गर्न तयार छु,’ थापाले प्रधानमन्त्री ओलीलाई चु’नौती दिँदै भने, ‘म तपाईंलाई संसद्मा निम्तो दिन चाहन्छु, चु’नौती दिन चाहन्छु । तपाईं बाहिरका सभा सम्मेलनमा उभिएर प्रश्न नगर्ने ठाउँमा हु’क्के चि’लिमे बैठके चौतारे राखेर माथिबाट बोल्ने र तलाबाट ताली बजाउने अनि तपाईंका सांसद संसद्मा आएर बाल कविता वाचन गर्ने ?’

थापाले प्रधानमन्त्रीलाई संसद् छलेर र संसद्‌बाट भागेर नजान भन्दै चु’नौती दिए । उनले पहिला आफूसँग आएर ब’हस गर्न र पछि उद्घाटन गर्न बाँकी रहेका पुल उद्घाटन गर्न र ती सकिएपछि बालुवाटारमा खाली रहेको जग्गामा बन्ने घरको उद्घाटन गरेर बस्न भन्दै व्यंग गरे ।

थापाले विकास गर्ने प्रणाली परिवर्तन गर्नका लागि सरकार अग्रसर हुनुपर्ने र त्यसमा आफूहरूले सहयोग गर्न तयार रहेको बताए । मेलम्चीको खानेपानी योजनामा विगत वर्षौंदेखि काम भइरहेको तर सरकारले भने पछिल्ल ५७ दिनमा मात्रै सबै काम भएका हुन् भनेझैं प्रचार गरिरहेको उनको भनाइ थियो ।

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीले पटकपटक खानेपानी उद्घाटन गरेको, निर्माण सकिएको दुई वर्षपछि पनि पुलको उद्घाटन गरेको तथा काम बीचमा पुगेपछि विभिन्न योजनाको शिलान्यास गर्नु त’मासा भएको थापाको भनाइ थियो । उनले शिलान्यास र उद्घाटनमा प्रधानमन्त्री ओलीले रेकर्ड राख्न खोजेका हुन् कि भनेर प्रश्न गरेका थिए ।